Trending
Prev Story
Next Story

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

Arthasansar •
November 10, 2026 • 05:34 AM
2
2 reads 0 reactions

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई...

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई जिम्मेवारीबाट हटाउने सम्भावना बढेको बीबीसी स्पोर्टले जनाएको छ।

क्लबको सञ्चालक समितिले क्यारिकलाई तत्काल बर्खास्त नगरी नोभेम्बरको अन्तर्राष्ट्रिय विश्राम अवधिमा टोलीको प्रदर्शन पुनरावलोकन गर्ने निर्णय गरेको थियो। अक्टोबर २५ मा बोर्नमाउथसँग घरेलु मैदानमै ३–० गोलले पराजित भएपछि पनि उनलाई केही समय दिने निर्णय गरिएको थियो।

बीबीसीका अनुसार क्लबका प्रमुख कार्यकारी अधिकृत ओमार बेराडा र फुटबल निर्देशक जेसन विल्कक्सले अल्पमत हिस्सेदार सर जिम र्‍याटक्लिफ तथा ग्लेजर परिवारसमक्ष क्यारिकलाई बर्खास्त गर्न सिफारिस गर्ने सम्भावना बढेको छ। यद्यपि, उनको भविष्यबारे अन्तिम निर्णय भने भइसकेको छैन।

आइतबार एस्टन भिल्लासँग ४–४ गोलको बराबरीमा रोकिएपछि युनाइटेडको अवस्था थप कमजोर बनेको छ। प्रिमियर लिगका १० खेलमा केवल एक जित निकालेको टोली १८औँ स्थानमा छ। सन् १९८६/८७ सिजनपछि घरेलु लिगको शीर्ष श्रेणीमा क्लबको यो सबैभन्दा खराब सुरुवात भएको बीबीसीले उल्लेख गरेको छ। युनाइटेड पुछारमा रहेको क्रिस्टल प्यालेसभन्दा केवल एक अंकले माथि छ।

क्यारिकले पछिल्ला तीन खेलमा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेका छन्। तर, टोलीले रक्षात्मक कमजोरी सुधार्न नसक्दा लगातार गोल व्यहोर्दै आएको छ। जारी प्रिमियर लिगमा युनाइटेडले १९ गोल खाइसकेको छ। क्रिस्टल प्यालेस र इप्सविचले मात्रै युनाइटेडभन्दा बढी गोल खाएका छन्।

क्यारिकको स्थानमा नयाँ प्रशिक्षक ल्याउने सम्भावनाबारे क्लबले यसअघि नै केही प्रशिक्षकसँग अनौपचारिक छलफल गरेको बीबीसीले जनाएको छ। पूर्व न्युक्यासल प्रशिक्षक एडी हो र जर्मनीका पूर्व प्रशिक्षक युलियन नागेल्समानसँग क्लबले चासो देखाएको थियो।

पूर्व चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टे पनि म्यानचेस्टर युनाइटेडको जिम्मेवारी लिन इच्छुक रहेको बताइएको छ। त्यस्तै, टोटेनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो पनि ओल्ड ट्राफोर्ड जाने सम्भावनाप्रति खुला रहेको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

पोचेटिनोले गत अगस्टमा अमेरिकी राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा आफ्नो सम्झौता नवीकरण गरेका थिए। तर, उक्त सम्झौतामा केही प्रतिष्ठित क्लबको प्रस्ताव आएमा बाहिरिन सक्ने प्रावधान रहेको बताइएको छ। अमेरिकाले नोभेम्बर १४ र १८ मा हाइटीसँग कन्काकाफ नेसन्स लिगको दुई खेलको प्लेअफ खेल्दैछ।

सिजनको सुरुवातमै बेन्जामिन सेस्को र अमाद डियालोको चोटले क्यारिकको टोली छनोट प्रभावित भएको थियो। डियालो सात सातासम्म मैदानबाहिर रहने भएपछि आक्रमणको विकल्प सीमित बनेको थियो। त्यसपछि टोलीको आक्रमण संयोजनमा पनि समस्या देखिएको बीबीसीको विश्लेषण छ।

यसबीच ब्रुनो फर्नान्डेसको प्रदर्शन पनि अपेक्षाअनुसार रहन सकेन। सन् २०२५–२६ सिजनको पीएफए प्लेयर अफ द इयर बनेका उनले इप्सविचविरुद्ध ह्याट्रिक गरेपछि प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध पेनाल्टीबाट मात्रै गोल गरेका छन्।

टोलीको कमजोर प्रदर्शनसँगै प्रशिक्षक र खेलाडीबीचको असन्तुष्टि पनि सार्वजनिक भएको थियो। डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको ग्रीष्मकालीन खेलाडी भर्ना प्रक्रियामाथि प्रश्न उठाउँदै फुटबल निर्देशक विल्कक्सलाई दोष दिएका थिए। त्यस्तै, फर्नान्डेसले पनि च्याम्पियन्स लिगमा कोमोविरुद्ध ४–१ को हारपछि क्यारिकको रणनीतिमाथि आलोचना गरेका थिए।

सबै प्रतियोगिता जोड्दा जारी सिजनका १५ खेलमा युनाइटेडले केवल तीन जित निकालेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई जिम्मेवारीबाट हटाउने सम्भावना बढेको बीबीसी स्पोर्ट...

#क्लब #क्यारिक #म्यानचेस्टर
Compare →

Related Stories

Sports
Build #2611