काठमाडौं– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मङ्गलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ । यसले राजधानीमा देखिँदै आएको सरकार समर्थित राजनीतिक प्रचारलाई थप आक्रामक बनाएको छ ।
तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौं’ भन्ने सन्देश लेखिएको छ । त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )