Trending
Prev Story
Next Story

रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

Ekantipur •
November 03, 2026 • 09:02 AM
1
1 reads 0 reactions

स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।

रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।

काठमाडौँ — स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।

मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्‌सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको उनले बताए ।

‘हाल बाढी प्रभावित २१ हजार ३ सय ९१ जनालाई कुल १४ वटा होल्डिङ सेन्टरबाट सेवा प्रदान भइरहेको छ । त्यसैगरी ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली र तथा शिविरमार्फत व्यवस्थापन गरिएको छ । १ सय ३९ जना मानसिक स्वास्थ्यका जनशक्तिहरुको सहयोगमा ९ हजार ३ सय ६८ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको छ,' उनले भने ।

खोनपानीको १५ वटा नमुना संकलन गर्दा ५ वटामा दिशामा हुने किटाणु भेटिएपछि पानीलाई क्लोरिनेसन र शुद्धीकरणको अभियान चलाइएको उनले बताए । रसुवामा २१ हजार ६ सय, नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब १ लाख २ हजार मात्रा मुखले खुवाउने खोप खुवाएको पनि उनले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसीका १५६ घर जोखिममा

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसीका १५६ घर जोखिममा

रसुवा । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुबेँसी गाउँका १ सय ५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण ...

#रसुवा #भोटेकोशी #बाढी
Compare →
Nagarik News
4d ago
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

#भोटेकोशी #बाढी #रसुवा
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#प्रभावित #बाढी
Compare →

Related Stories

Health & Wellness
Build #2611