Trending
Prev Story
Next Story

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

Ekantipur •
November 03, 2026 • 09:02 AM
1
1 reads 0 reactions

पतञ्जली जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा विचाराधीन नै रहेको अवस्थामा नेपालविरुद्ध मंगलबार अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

पतञ्जली जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा विचाराधीन नै रहेको अवस्थामा नेपालविरुद्ध मंगलबार अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो ।

काठमाडौं — पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध व्यक्तिगत रुपमा दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । यसअघि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपालविरुद्ध मंगलबार मोरङको सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको हो । पतञ्जली प्रकरणको मुद्दा विशेष अदालतमा विचाराधीन नै रहेको अवस्थामा अर्को मुद्दा दायर भएको हो ।

जेठ २०८२ मा पतञ्जली प्रकरणमा नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै  १८ करोड ५८ लाख बिगो दाबी गरिएको थियो । मोरङको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनलाई प्रतिवादी बनाएको छ ।

उनीहरूविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । पछिल्लो मुद्दामा पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम पनि प्रतिवादीको सूचीमा छ । पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई प्रतिवादी बनाएको छ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा तीन मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक …

#भ्रष्टाचार #जग्गा #मुद्दा
Compare →
Hamro Patro News
1w ago
सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अ...

#भ्रष्टाचार #मुद्दा
Compare →
Nagarik News
5d ago
‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

#भ्रष्टाचार
Compare →

Related Stories

Politics & Governance
Build #2611