Trending
Prev Story
Next Story

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

Nagarik News •
November 08, 2026 • 04:03 PM
2
2 reads 0 reactions

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो संकल्प गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष घिसिङले तिहारको झिलिमिली देख्दा विसं २०७३ अघिका अन्धकारमय दिनहरूको सम्झना आउने उल्लेख गरेका छन्।

त्यतिबेला उज्यालोको महान् चाडसमेत नेपालीहरूले अँध्यारोमा मनाउनुपर्ने बाध्यता रहेको उनले स्मरण गरे।

‘जनताको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो,’ घिसिङले लेखेका छन्, ‘देश लोडसेडिङमुक्त भयो, देशको करिब हरेक घरमा बत्ती पुर्‍यायौं र आज नेपाली बिजुली विदेशसम्म पुगेको छ।’

विगतको लोडसेडिङ अन्त्यको सफलतालाई स्मरण गर्दै उनले अब देशका संरचनागत समस्याविरुद्ध केन्द्रित हुने उद्घोष गरेका छन्।

‘हिजो बिजुलीको अँध्यारो हटायौं, अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ उनले भनेका छन्, ‘चुनौती जति आए पनि हाम्रो यात्रा रोकिने छैन। किनकि अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ।’

विगतमा जनताले दिएको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै अध्यक्ष घिसिङले आगामी दिनमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि पनि जनसमर्थनको अपेक्षा गरेका छन्।

उनले हरेक घरमा खुसी, मनमा आशा र जीवनमा समृद्धिको उज्यालो छाओस् भन्दै सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ २१:४८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छ...

#कुलमान-घिसिङ #अँध्यारो #भ्रष्टाचार
Compare →
Onlinekhabar
5d ago
तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

२२ कात्तिक, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छठ …

#कुलमान-घिसिङ #भ्रष्टाचार
Compare →
Bizshala
1w ago
भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !

भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !

काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्‍याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।अख्तियार...

#भ्रष्टाचार
Compare →
Ekantipur
1w ago
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

पतञ्जली जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा विचाराधीन नै रहेको अवस्थामा नेपालविरुद्ध मंगलबार अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो ।

#भ्रष्टाचार
Compare →

Related Stories

Politics & Governance
Build #2611