Trending
Prev Story
Next Story

भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !

Bizshala •
November 03, 2026 • 11:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्‍याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।अख्तियार...

भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !

काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्‍याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गैरकानुनी आर्जनको रकम अर्कै व्यक्तिको ब्रोकर खातामार्फत सेयरबजारमा लगानी गरिएको दाबी गरेको छ ।

अख्तियारले आचार्यले २०५४ माघ २ गतेदेखि २०८० मंसिर २१ गतेसम्म सरकारी सेवामा रहँदाको अवधिमा ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैधानिक आम्दानी गरेको देखिए पनि सोही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको जनाएको छ । आम्दानी र खर्चबीचको अन्तर ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँलाई आयोगले गैरकानुनी सम्पत्ति आर्जनको बिगो कायम गरेको छ ।

आयोगको अनुसन्धानमा उक्त रकम घरजग्गा, डिपार्टमेन्ट स्टोर, ऋणसापटी तथा अन्य क्षेत्रमा मात्र नभई सेयर खरिदमा समेत प्रयोग भएको उल्लेख छ ।

आयोगले सार्वजनिक गरेको विस्तृत सम्पत्ति शुद्धीकरण चार्टमा आचार्यले भीष्म गड्तौलामार्फत सेयरमा लगानी गरेको छुट्टै विवरण समावेश गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत १० लाख रुपैयाँको चेक प्रयोग गरी रकम परिचालन गरिएको र त्यसमध्ये ८ लाख ३८ हजार ७८४ रुपैयाँ ६३ पैसाको स्रोत नखुलेको तथा गैरकानुनी आर्जन भएको आयोगको दाबी छ ।

उक्त रकम इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडमार्फत भीष्म गड्तौलाको ब्रोकर खाता नम्बर २०१९०४२१४८ मा पुर्‍याइएको आयोगको अनुसन्धान विवरणमा उल्लेख छ ।

त्यसपछि सो खातामार्फत दोस्रो बजारमा विभिन्न कम्पनीका सेयर खरिद गरिएको र खरिद गरिएका सेयर पुनः बिक्री गरिएको देखाइएको छ । आयोगले यस प्रक्रियालाई सम्पत्ति शुद्धीकरणको ‘लेयरिङ’का रूपमा चित्रण गरेको छ ।

आयोगका अनुसार पछि १० लाख रुपैयाँ नगद फिर्ता गरिएकोमा सुरुवाती स्रोत नखुलेको ८ लाख ३८ हजार ७८४ रुपैयाँ ६३ पैसालाई सम्पत्ति शुद्धीकरणको बिगो कायम गरिएको छ ।

अर्थात्, अख्तियारको अनुसन्धानले गैरकानुनी रूपमा आर्जित भनिएको रकम बैंकिङ प्रणाली हुँदै ब्रोकर खातामा पुर्‍याएर दोस्रो बजारमा सेयर किनबेच गरिएको र त्यसलाई पुनः नगदमा रूपान्तरण गरिएको संरचना देखाएको छ ।

९ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको आरोप

अख्तियारले यदुनाथ आचार्य र अन्य प्रतिवादीहरूको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँबराबरको सम्पत्तिलाई ‘प्लेसमेन्ट’, ‘लेयरिङ’ र ‘इन्टिग्रेसन’मार्फत परिचालन गरी कुल ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसाबराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।

आचार्यविरुद्ध सम्पत्ति शुद्धीकरणतर्फ ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफत/असुलको मागदाबीसमेत गरिएको छ ।

समग्र अनुसन्धान विवरणमा घरजग्गा खरिदबिक्री, डिपार्टमेन्ट स्टोरमा लगानी, विभिन्न व्यक्तिसँगको आर्थिक कारोबार तथा सेयरबजारसमेत प्रयोग गरी गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने प्रयास गरिएको आयोगको दाबी छ ।

यो प्रकरणले भ्रष्टाचार तथा गैरकानुनी आर्जनबाट आएको रकम पूँजीबजारमा प्रवेश गराई ‘सेतो’ बनाउने प्रयास हुनसक्ने जोखिमतर्फ समेत गम्भीर प्रश्न उठाएको छ । विशेषगरी अर्काको नाममा रहेको ब्रोकर खातामार्फत कारोबार भएको दाबीले KYC, लाभग्राही पहिचान र शंकास्पद कारोबार निगरानी प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न पनि उब्जाएको छ।

यद्यपि यी सबै विषय अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख भएका दाबी हुन् । आरोपको अन्तिम निरुपण विशेष अदालतबाट हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा तीन मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक …

#भ्रष्टाचार #अख्तियार
Compare →
Hamro Patro News
1w ago
पोखरा विमानस्थल भ्रष्टाचार : कांग्रेस नेता कार्कीलगायत विरुद्धको मुद्दामा विशेष अदालतले माग्यो भुक्तानी र ऋणको विवरण

पोखरा विमानस्थल भ्रष्टाचार : कांग्रेस नेता कार्कीलगायत विरुद्धको मुद्दामा विशेष अदालतले माग्यो भुक्तानी र ऋणको विवरण

काठमाडौँ। कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग...

#भ्रष्टाचार
Compare →
Nagarik News
5d ago
‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

#भ्रष्टाचार
Compare →

Related Stories

Business & Economy
Build #2612