रौतहट । रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या झेलेको वर्षौं भइसक्यो । राजनीतिक नेतृत्व फेरियो, सांसद र मन्त्री फेरिए, नगरपालिकामा दुईपटक नेतृत्व परिवर्तन भयो, तर प्रहरी कार्यालयको भवन, जग्गा र स्तरोन्नतिको समस्या भने जहाँको त्यहीँ छ ।
यो प्रहरी कार्यालय अहिले पनि 'ग' श्रेणीमै सीमित छ । प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा रहेको यो कार्यालयसँग न आफ्नै नाममा पर्याप्त जग्गा छ, न त सुविधासम्पन्न भवन । यो कार्यालयलाई आपराधिक कार्यको मुद्दा दर्ता गर्ने अधिकार पनि छैन । सामान्य ठाडो उजुरीबाहेक कानुनी प्रक्रिया अघि बढाउन स्थानीयले इलाका प्रहरी कार्यालय गरुडा वा जिल्ला प्रहरी कार्यालय गौर धाउनुपर्ने बाध्यता छ ।
Read full story at source ( ratopati.com )