Trending
Prev Story
Next Story

संरक्षणको अभावमा कान्तिताल

Nagarik News •
November 12, 2026 • 02:23 AM
1
1 reads 0 reactions

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ।

संरक्षणको अभावमा कान्तिताल

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२  वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ। यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो तर संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ।

स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब १० करोड रुपैयाँ  खर्चिसकेको छ। सौन्दर्य अभिवृद्धिका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने पूरा ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए।

उनका अनुसार कान्तिताल पूर्वाधार मात्रै नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान छ।

पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन् तर पटक–पटक सरोकारवाला निकायलाई घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन।

झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ। अहिले कान्तिताल लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित जमघटस्थल बनेको छ। साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताए।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताए।नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकारे।

“विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन,” उनले भने, “अब हामी सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारीमा छौँ।”

कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तिताल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए।

प्रकाशित: २६ कार्तिक २०८३ ०८:०८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
संरक्षणको अभावमा छेडेदह ताल

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा– छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा ...

#संरक्षण #अभाव
Compare →
Onlinekhabar
1d ago
पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ …

#नेपालगञ्ज #उपमहानगरपालिका
Compare →
Ekantipur
3d ago
अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

आर्थिक अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई तिहारमा घरदेखि माइतीसम्म र फर्किँदा घरसम्म पुर्‍याउन खोटाङमा निःशुल्क बाइक सेवा सुरु गरिएको छ ।

#अभाव
Compare →

Related Stories

Technology
Build #2611