Trending
Prev Story
Next Story

भिभोको नयाँ स्मार्टफोन भी ८० सार्वजनिक

Ekantipur •
November 02, 2026 • 02:32 PM
1
1 reads 0 reactions

जाइस क्यामेरा, ७,२०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधासहितको फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

भिभोको नयाँ स्मार्टफोन भी ८० सार्वजनिक

जाइस क्यामेरा, ७,२०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधासहितको फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

काठमाडौँ — भिभोले नयाँ स्मार्टफोन भी ८० नेपाली बजारमा सार्वजनिक गरेको छ । जाइस पोट्रेट क्यामेरा, सात हजार दुई सय एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधासहितको फोनको सुरुवाती मूल्य एक लाख आठ हजार ९९९ रुपैयाँ तोकिएको छ । आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको मूल्य एक लाख आठ हजार ९९९ तथा ५१२ जीबी स्टोरेजको मूल्य एक लाख ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

फोनमा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो र सेल्फी क्यामेरा तथा १.५ के ओएलईडी डिस्प्ले रहेको छ । धुलो र पानी प्रतिरोधका लागि आईपी ६८ र आईपी ६९ रेटिङ दिइएको छ । ओरिजिन ओएस सेभेनमा सञ्चालन हुने फोनमा एआई सुविधासमेत समावेश छन् ।

साथै, नोभेम्बर १ देखि ४ तारिखसम्म प्रिबुकिङ गर्ने १२ सय ग्राहकले भीभो टीडब्लूएस इयरबड्स, २ हजार रुपैयाँ क्यासब्याक, अगाडि तथा पछाडिको स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको अतिरिक्त वारेन्टी पाउनेछन् ।

कम्पनीले छ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ । नोभेम्बर पाँचदेखि दराज र आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध हुने फोनमा १२ महिनाको शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
1w ago
५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भिभो भी८० सार्वजनिक,मूल्य कति ?

५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भिभो भी८० सार्वजनिक,मूल्य कति ?

विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा,...

#जाइस #भिभो
Compare →
Hamro Patro News
1w ago
भिभोद्धारा ५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भी८० सार्वजनिक

भिभोद्धारा ५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भी८० सार्वजनिक

काठमाडौं– विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्...

#जाइस #भिभो
Compare →

Related Stories

Business & Economy
Build #2611