Trending
Prev Story
Next Story

भिभोद्धारा ५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भी८० सार्वजनिक

Hamro Patro News •
November 02, 2026 • 08:15 AM
1
1 reads 0 reactions

काठमाडौं– विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्...

1 / 2
Swipe Photos

काठमाडौं– विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज प्रविधि र एआई–आधारित स्मार्ट सुविधालाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको भी८० लाई व्यवसायी, वरिष्ठ पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो।

“प्रेमियम डिजाईन्ड फर योर राईज” अवधारणामा आधारित भिभो भी८० ले प्रिमियम डिजाइन, उन्नत मोबाइल फोटोग्राफी र दैनिक उत्पादकत्वलाई एउटै डिभाइसमा संयोजन गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । नेपालमा भिभो भी८० को मूल्य रु १,०८,९९९ देखि सुरु हुनेछ । भिभो भी८० को प्रि–बुकिङ नोभेम्बर १ देखि नोभेम्बर ४ सम्म खुला गरिएको छ । कम्पनीका अनुसार यस अवधिमा प्रि–बुक गर्ने पहिलो १,२०० ग्राहकले भिभो बड्स निःशुल्क, रु २,००० क्यासब्याक, अगाडि तथा पछाडिको फ्रन्ट र ब्याक स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको एक्सटेन्डेड व्यारेन्टि प्राप्त गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611