रास्वपाले संसदीय दललाई संसद्मार्फत कदम चाल्न निर्देशन दिए पनि विशेष अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चुडामणि पौडेलले सबै विषयमा अनुसन्धानपछि मात्रै प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा देखिएको विवाद निरुपणका लागि संसद्मार्फत् कदम चाल्न संसदीय दललाई निर्देशन दिएपछि यो प्रक्रिया कसरी अघि बढ्छ भन्ने जिज्ञासा धेरैलाई छ । तर विशेष अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चुडामणि पौडेल भने महाअभियोगले मात्रै समाधान नभएको बताएका छन् । उनले पहिला सबै विषयमा अनुसन्धान हुनुपर्ने र त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
यो विषय विस्तारमा बुझ्न भिडियो हेर्नुहोस् :