Trending
Prev Story
Next Story

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

Onlinekhabar •
November 12, 2026 • 09:01 AM
1
1 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका मृतकको मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञिप्त …

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका मृतकको मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञिप्त जारी गरेर मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।

‘पार्टी दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले पीडित परिवारको अभिभावकत्व ग्रहण गर्दै आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकार संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुने पनि उल्लेख छ ।

‘आगामी दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेछ भन्नेमा पार्टी विश्वास व्यक्त गर्दछ,’ प्रवक्ता खरेलले भनेका छन् ।

भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी १० जनाको मृत्यु भएको थियो । ६ जना घाइते भएका छन् ।

छठ पर्व मनाउन घर फर्किने क्रममा भएको दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवार तथा आफन्तलाई एकैपटक शोकमा डुबाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#पहिचान #मकवानपुर #दुर्घटना
Compare →
Ekantipur
12h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#व्यवस्थापन #दुर्घटना
Compare →
Nagarik News
2h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#रास्वपा
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #मृतक
Compare →

Related Stories

Politics & Governance
Build #2611