Trending
Prev Story
Next Story

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि

Onlinekhabar •
November 02, 2026 • 12:30 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका …

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि

१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये पहिलो नम्बरमा अमेरिकी पर्यटक आगमन भएको हो । यस महिनामा १७ हजार ४३७ अमेरिकी नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष यसै महिनामा अमेरिकी पर्यटक १३ हजार २८६ आएका थिए ।

यस वर्ष अमेरिकी पर्यटकको आगमन उल्लेख्य बढेको हो । उता, भारतीय पर्यटकको आगमनमा भने ठूलो गिरावट आएको देखिएको छ । यस महिनामा १२ हजार ९७ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्षको अक्टोबर महिनामा भारतीय पर्यटक आगमन १७ हजार २९८ थियो । अमेरिकी पर्यटक आगमन सेप्टम्बर २०२६ को तुलनामा समेत वृद्धि भएको छ । अघिल्लो महिना ८ हजार २९९ अमेरिकी नेपाल भ्रमणमा आएका थिए ।

अक्टोबरमा कुल पर्यटक आगमनमा ३.४ प्रतिशतको सुधार देखिएको छ । अघिल्लो वर्षको अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस वर्ष यो संख्या १ लाख ३३ हजार नजिक पुगेको हो । यस महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष अक्टोबरमा ६ हजार ७५५ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ । अक्टोबरमा ९ हजार ३८५ बेलायती पर्यटक आएका छन् । अष्ट्रेलियाबाट ९ हजार ३५२, जर्मनीबाट ६ हजार ११४ पर्यटक नेपाल आएका छन् ।

श्रीलंका समेत टप टेनमा अटाएको छ । यस मुलुकबाट ५ हजार ५६०, बंगलादेशबाट ४ हजार ८९३, फ्रान्सबाट ४ हजार १६४ र म्यानमारबाट ३ हजार २५ पर्यटक आएको तथ्यांक छ ।

भारतीय घट्दा सार्कको हिस्सा खस्कियो, अमेरिकी र यूरोपेलीको हिस्सा वृद्धि

अक्टोबर महिनामा भारतीय पर्यटकको आगमन घट्दा सार्क क्षेत्रको समग्र आगमन खस्किएको छ । यस वर्ष अक्टोबरमा सार्क क्षेत्रबाट २४ हजार ५३ पर्यटक आए । गत आवमा यो संख्या २९ हजार ६० थियो ।

यस वर्ष सार्कबाट १७.२ प्रतिशतको गिरावट आएको छ । यूरोपबाट यस वर्ष ३९ हजार ८७७ पर्यटक आएका छन् । गत आवमा यो संख्या १५ हजार १४८ मात्र थियो । अमेरिकी मुलुकहरूबाट पर्यटक आगमन यस वर्ष अक्टोवरमा २१ हजार २७० जना रह्यो । गत वर्ष सोही महिनामा १६ हजार ४०७ पर्यटक आएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो ३ मिनेट अघि काठमाडौं : पशुपतिनाथ मन्दिरको दर्शन र घुमघामका लागि भारतबाट नेपाल आएका भारतीय मोटो भ्लगर सोनु मालीको चोरी भएको म...

#भारतीय #पर्यटक
Compare →
Nagarik News
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

#अमेरिकी #भ्रमण
Compare →
Bizshala
1d ago
अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ।...

#अमेरिकी
Compare →
Ekantipur
1d ago
लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले तिहारका अवसरमा स्थानीयसँगै नाचगान गर्दै नेपाली संस्कृति, परम्परा र चाडपर्वको अनुभव लिए।

#पर्यटक
Compare →

Related Stories

World News
Build #2612