Trending
Prev Story
Next Story

तनहुँमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

Onlinekhabar •
November 02, 2026 • 12:30 PM
1
1 reads 0 reactions

१६ कात्तिक, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१८ घाँटी छिना …

तनहुँमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

१६ कात्तिक, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१८ घाँटी छिना बस्ने सोही महानगरपालिका–२३ घर भएका ३६ वर्षीय दिपु क्षेत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८८८९ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।

#तनहुँ
Compare →
Hamro Patro News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । ...

#तनहुँ
Compare →

Related Stories

World News
Build #2612