Trending
Prev Story
Next Story

चीनमा शृंखला खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

Ekantipur •
November 02, 2026 • 07:32 AM
1
1 reads 0 reactions

भोलिदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

चीनमा शृंखला खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

भोलिदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौँ — चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट स‌ंघ (क्यान) ले आज टोलीलाई बिदाइ गरेको हो ।

त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसीसी यू–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिए । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिए ।

टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताए । उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्यांकन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

टोलीकी कप्तान सोनी पाख्रिनले उक्त प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।

क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ भोलिदेखि कात्तिक २२ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
18h ago
एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...

#क्रिकेट #खेल्ने
Compare →
Hamro Patro News
1d ago
पोखरा एभेन्जर्सका क्रिकेट एम्बासडर इरफान पठान नेपाल आइपुगे

पोखरा एभेन्जर्सका क्रिकेट एम्बासडर इरफान पठान नेपाल आइपुगे

काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि क्रिकेट एम्बासडर नियुक्त गरेका भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठान नेपाल आइपुगेका छन् । पोखरा ए...

#क्रिकेट
Compare →
Nagarik News
7h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन
Compare →
Onlinekhabar
13h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#चीन
Compare →

Related Stories

Sports
Build #2612