काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि क्रिकेट एम्बासडर नियुक्त गरेका भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठान नेपाल आइपुगेका छन् ।
पोखरा एभेन्जर्सले बिहीबार सामाजिक सञ्जालमार्फत पठान नेपाल आइपुगेको जानकारी दिँदै उनलाई स्वागत गर्न पाउँदा गर्व र सम्मान महसुस भएको जनाएको छ । आज दिउँसो त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्सविरुद्ध हुने खेलमा पठान टोलीसँगै रहने पोखराले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )