Trending
Prev Story
Next Story

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

Ekantipur •
November 12, 2026 • 07:01 AM
1
1 reads 0 reactions

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पोखराले विराटनगरविरुद्ध ब्याटिंग गर्दै पहिलो ओभरमा नै अर्जून कुमाललाई गुमाएको छ भने उसले १० रन जोडेको छ । अर्जून मात्र १ रन बनाएर आउट भए । उनलाई विराटनगरका एन्जेलो म्याथ्युजले आउट गरेका हुन् ।

विराटनगर किंग्सले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । टोलीले अघिल्लो खेल खेलेको टोलीबाट नारायण जोशीको स्थानमा प्रतिश जिसी तथा एन्ड्रे रसेल र शुभम रन्जनेको स्थानमा चारिथ असलंका र इसुरु उडानालाई खेलाएको छ । रसेल पहिलो ५ खेल खेलेर फर्किसकेका छन् ।

पोखरा एभेन्जर्सका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका छन् । पोखरा एभेन्जर्सले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विवेक रानामगरको स्थानमा सागर ढकाल र माहेदी हसनको स्थानमा श्रीलंकाली अलराउन्डर रमेश मेन्डिसलाई खेलाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #ब्याटिङ
Compare →
Onlinekhabar
3h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Arthasansar
3h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2611