Trending
Prev Story
Next Story

अफगानी शरणार्थी फिर्ता पठाउने योजनामा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

Ekantipur •
November 02, 2026 • 07:32 AM
1
1 reads 0 reactions

अफगान परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा वाशिङ्टनसँग रचनात्मक रूपमा सहकार्य गर्न काबुल तयार रहेको बताएको छ

अफगानी शरणार्थी फिर्ता पठाउने योजनामा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

अफगान परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा वाशिङ्टनसँग रचनात्मक रूपमा सहकार्य गर्न काबुल तयार रहेको बताएको छ

वासिङ्टन — तालिवान सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउँदा (डिपपोर्ट गर्दा) जिम्मेवार रूपमा प्रस्तुत हुन अमेरिकालाई आग्रह गरेको छ।

अफगान परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा वाशिङ्टनसँग रचनात्मक रूपमा सहकार्य गर्न काबुल तयार रहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले केही अफगान आप्रवासीहरूलाई उनीहरुकै देश फिर्ता पठाउने योजना बनाएको छ।

एक अमेरिकी अधिकारी र शरणार्थीका पक्षमा काम गरिरहेका अधिकारवादी समूहहरूको गठबन्धनले गत शुक्रबार यसको खुलासा गरेका थिए।

अफगान तालिवान परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विद्यमान वास्तविकताहरू बुझ्दै र दुवै पक्षका जायज चासोहरूलाई ध्यानमा राख्दै, अफगान पक्ष यस सम्बन्धमा आपसी समझदारीका आधारमा रचनात्मक रूपमा संलग्न हुन तयार छ।'

न्युयोर्क टाइम्सले गत शुक्रबार प्रकाशित गरेको समाचार अनुसार, १ सय ५० भन्दा बढी अफगान आप्रवासीहरूलाई अमेरिकाले फिर्ता पठाउने तयारी गरेको छ । सोही रिपोर्टमा सोमबार नै पहिलो उडान हुन सक्ने पनि उल्लेख गरिएको थियो।

तालिवान सरकारसँग कूटनीतिक सम्बन्ध नभएका कारण वाशिङ्टनले अफगानिस्तानमा प्रत्यक्ष रूपमा डिपोर्ट उडान सञ्चालन गर्न सक्दैन ।

त्यसैले यी आप्रवासीहरूलाई पाकिस्तानको बाटो भएर फिर्ता पठाउने तयारी गरिएको छ । तालिवानले गरेको विज्ञप्तिमा भनिएको छ, 'तेस्रो देशहरूले सीमित अस्थायी सहुलियत वा अन्य स्वार्थका लागि अर्को देशका नागरिकहरूलाई बार्गेनिङको वस्तुको रूपमा प्रयोग गर्नु हुँदैन।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

डेटिङ एपमार्फत पनि उपयुक्त जीवनसाथी खोज्न नसके पैसा फिर्ता पाइन्छ भने कस्तो होला ? चीनको एउटा एआई डेटिङ एपले यस्तै अनौठो अफर ल्याएको छ। चीनको ‘लियाङपेई एआई’ नामक डेटिङ एपले प्रयोगकर्ताबाट वार्षिक...

#फिर्ता
Compare →
Onlinekhabar
14h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#फिर्ता
Compare →

Related Stories

World News
Build #2612