Trending
Prev Story
Next Story

काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै, वार्नर पहिलो रोजाइमा

Onlinekhabar •
November 02, 2026 • 07:01 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् …

काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै, वार्नर पहिलो रोजाइमा

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर आज काठमान्डुको पहिलो रोजाइमा खेल्दैछन् । उनी अर्का अष्ट्रेलियन खेलाडी साम हिजलेटको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् ।

काठमान्डुले ३ परिवर्तन गरेको छ । हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाह खेल्दैछन् ।

यस्तै कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा बंगलादेशकै जिशान अलाम पहिलो रोजाइमा खेल्दैछन् ।

कर्णालीले यसअघि खेलेका सुरुको दुई खेल जित्दै ४ अंक जोडिसकेको छ र लगातार तेस्रो जितको लक्ष्यमा छ ।

राजधानीको टिम काठमान्डु भने पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो र पहिलो जित हात पार्ने लक्ष्यमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
टस जितेर काठमाडौं बलिङमा

टस जितेर काठमाडौं बलिङमा

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को आजको पहिलो खेलमा अहिले काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुर मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ...

#एनपीएल #प्रिमियर-लिग #बलिङ
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Ekantipur
15h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
15h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612