Trending
Prev Story
Next Story

पटका सहित दुई जना पक्राउ

Onlinekhabar •
November 02, 2026 • 07:01 AM
1
1 reads 0 reactions

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् । कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा …

पटका सहित दुई जना पक्राउ

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् ।

कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा–८ घर भएका २९ वर्षीय राज जयसवाल पक्राउ परेका हुन् ।

तेलीलाई करिब २ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।

जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रूपैयाँ  र १ लाख ४८ हजार ३ सय नेपाली रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा एक बालक घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार...

#चितवन #पटका
Compare →

Related Stories

National (Nepal)
Build #2612