Trending
Prev Story
Next Story

यी हुन् १० लाख र एक लाख पुरस्कार जित्ने उपभोक्ता

Bizshala •
November 02, 2026 • 06:34 AM
1
1 reads 0 reactions

काठमाडौं। सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत बिग मार्टबाट सामान खरिद गरेका...

यी हुन् १० लाख र एक लाख पुरस्कार जित्ने उपभोक्ता

काठमाडौं। सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत बिग मार्टबाट सामान खरिद गरेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

कात्तिक महिनाको पहिलो लक्की ड्रमार्फत छनोट भएका विजेतालाई क्रिकेटर ललित राजवंशीले फोन गरेर पुरस्कार जितेको जानकारी दिएका थिए। ती उपभोक्ताले गत कात्तिक ५ गते बिग मार्टबाट सामान खरिद गरी बिलको विवरण प्रणालीमा प्रविष्ट गरेका थिए। उनले पुरस्कार रकमबाट घर बनाउने बताएका छन्।

विजेतालाई सक्कल बिलसहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। प्रक्रिया पूरा भएपछि आगामी मङ्सिर १ गते काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नेछन्।

कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्म प्रविष्ट भएका बिलबाट १५ जना दैनिक र एक जना बम्पर विजेता गरी १६ जना छनोट भएका छन्।

कार्यक्रममा सहभागी क्रिकेटर ललित राजवंशी, दिलीप नाथ र लोकेश बमले प्रत्येक कारोबारमा बिल लिने र सुरक्षित राख्ने बानीले उपभोक्ता अधिकार संरक्षणसँगै पुरस्कार जित्ने अवसर पनि प्रदान गर्ने बताएका थिए। उनीहरूले करदाता प्रोत्साहन कार्यक्रमबारे सहरी क्षेत्रसँगै ग्रामीण भेगसम्म जानकारी पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
४ अर्ब ३६ करोड रुपैयाँको चिठ्ठा जित्ने व्यक्ति जब अन्तिम समयमा पुरस्कार दाबी गर्न पुगे...

४ अर्ब ३६ करोड रुपैयाँको चिठ्ठा जित्ने व्यक्ति जब अन्तिम समयमा पुरस्कार दाबी गर्न पुगे...

अन्टारियो लटरी एन्ड गेमिङ कर्पोरेसन (ओएलजी) का अनुसार पुरस्कार जित्ने टिकटधनीले म्याद समाप्त हुनुअघि नै आफ्नो दाबी पेस गरेका हुन्।

#पुरस्कार #जित्ने
Compare →
Onlinekhabar
1w ago
तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको …

#उपभोक्ता
Compare →
Hamro Patro News
1w ago
बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार

म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । बौद्ध युवा क्लबको आयोजनामा बे...

#पुरस्कार
Compare →
Arthasansar
1w ago
४१५ रुपैयाँको तेल किनेका पण्डितले जिते १० लाख,१ लाख जित्ने १५ जना को हुन् ?

४१५ रुपैयाँको तेल किनेका पण्डितले जिते १० लाख,१ लाख जित्ने १५ जना को हुन् ?

बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। धनुषाको नगराइन नगरपालिका वडा...

#पुरस्कार #जित्ने
Compare →
Ekantipur
2w ago
म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा

म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा

बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् ।

#पुरस्कार
Compare →

Related Stories

Politics & Governance
Build #2611