Trending
Prev Story
Next Story

पाल्पाको निशान भगवतीमा चार पल्टनको निशान पूजा

Ekantipur •
October 20, 2026 • 06:41 PM
2
2 reads 0 reactions

निशान भगवती मन्दिरमा गोरखदल गण, सबुज गण, भवानी दल गण र बरख गणलगायतका पल्टनको निशान पूजा गरिएको छ ।

पाल्पाको निशान भगवतीमा चार पल्टनको निशान पूजा

निशान भगवती मन्दिरमा गोरखदल गण, सबुज गण, भवानी दल गण र बरख गणलगायतका पल्टनको निशान पूजा गरिएको छ ।

पाल्पा — बडादसैँको महानवमीका अवसरमा पाल्पाको तानसेनस्थित निशान भगवती मन्दिरमा नेपाल–अंग्रेज युद्धका समयमा स्थापना भएको सबुज गणसहितका निशानको मंगलबार विशेष पूजाआराधना गरिएको छ । नेपाली सेनाको ऐतिहासिक परम्परासँग जोडिएको निशान भगवतीमा सेनाका चार पल्टनको निशान पूजा गरिएको हो ।

निशान नेपाली सेनाको पल्टनको पहिचान, गौरव र इतिहाससँग जोडिएको पवित्र झण्डा भएकाले यसको बडादसैँ र चैतेदसैँको नवमीका दिन पूजा गर्ने प्रचलन रहेको दि फेमश महिन्द्र दल गणका गणपति शान्तकुमार थापाले बताए । निशान भगवती मन्दिरमा गोरखदल गण, सबुज गण, भवानी दल गण र बरख गणलगायतका पल्टनको निशान पूजा गरिएको छ । निशान झण्डामा अंकित हुने परम्परा रहेको छ । निशानलाई सैनिक एकाइको इतिहास र वीरताको प्रतीकका रूपमा लिइन्छ ।

नेपाली सेनाको परम्पराअनुसार निशान भगवतीको वर्षमा दुई पटक पूजा गरिन्छ । बडादसैँको महानवमी र चैतेदसैँको नवमीमा विशेष पूजाआराधना गर्ने चलन छ । यसले सैनिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक विरासतलाई जोड्दै आएको छ । तानसेनस्थित पाल्पा दरबार परिसरमा नेपाली सेना र स्थानीय नागरिकको सहयोगमा निशान भगवती मन्दिर निर्माण गरिएको छ । करिब एक करोड रुपैयाँ लागतमा निर्माण भएको हो । मन्दिर निर्माणमा गोरखदल गण, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र स्थानीयवासीले सहयोग गरेका थिए । २३ वटा सैनिक युनिटबाट समेत निशान भगवती मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको थियो ।

मन्दिर परिसरमा आकर्षक बगैँचा र बालउद्यान निर्माण गरिएको छ । यहाँ पाल्पाली करुवा, रानीमहल, नेपालको नयाँ नक्सा, श्रीनगरबाट देखिने हिमशृङ्खलाको दृश्य र पाल्पाली ढाका झल्काउने चित्र राखिएका छन् । पिउने पानी र हरियाली बगैँचाको व्यवस्थाले परिसरलाई थप आकर्षक बनाएको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको निशान भगवती मन्दिर पछिल्लो समय स्थानीय नागरिकसँगै आन्तरिक र बाह्य पर्यटकका लागि समेत आकर्षणको केन्द्र बनेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)

पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)

काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईतिहारका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गाईको पूजाआजा गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्य...

#पूजा #मन्दिर
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#पूजा
Compare →
Arthasansar
3d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा
Compare →
Nagarik News
3d ago
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ।

#पूजा
Compare →

Related Stories

World News
Build #2612