Trending
Prev Story
Next Story

उत्तर कोरियाले सीमामा सियोलविरोधी प्रचार प्रसारण थाल्ने

Nagarik News •
October 22, 2026 • 05:19 AM
2
2 reads 0 reactions

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ।

उत्तर कोरियाले सीमामा सियोलविरोधी प्रचार प्रसारण थाल्ने

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा सैनिक किल्ला निर्माण र बारुदी सुरुङ विस्फोटलाई लिएर तनाव बढिरहेका बेला यस्तो घोषणा गरेका हुन्।

किम यो जोङले बिहीबार जारी वक्तव्यमा केही दिनभित्रै सीमामा लाउडस्पीकर तयारी अवस्थामा राखिने र अक्टोबरभित्रै मनोवैज्ञानिक युद्धका लागि सञ्चालन गरिने बताए। दक्षिण कोरियाले उक्साहट गरे कडा प्रतिकार गर्ने चेतावनी दिँदै उनले आफ्ना दाजुको सीमालाई अभेद्य बनाउने नीतिलाई समर्थन गरे।

उत्तर कोरियाले सीमामा बारुदी सुरुङ, काँडेतार र ट्याङ्क रोक्ने अवरोध थपिरहेको छ। सेप्टेम्बर २१ मा भएको सीमा विस्फोटका लागि दक्षिण कोरियाले उत्तरले बिछ्याएका सुरुङलाई जिम्मेवार ठहर गर्दै माफी माग्न र बाँकी सुरुङ हटाउन आग्रह गरेको थियो। तर प्योङयाङले संलग्नता अस्वीकार गर्दै आएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाली सैनिकले यस वर्ष किल्ला निर्माणका क्रममा ५० पटक सीमारेखा पार गरेका छन्। दक्षिण कोरियाले चेतावनी गोली चलाउनुका साथै लाउडस्पीकरबाट प्रसारण गरेको जनाएको छ। उत्तर कोरियाले भने सीमा उल्लङ्घनको आरोप अस्वीकार गरेको छ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चुङ बिन्नाले उत्तर कोरियाको गतिविधिको जवाफमा अनुपातिक कदम चालिने बताए। संयुक्त सेना प्रमुख जिन योङ–सुङले पनि उत्तर कोरियाबाट हुन सक्ने उक्साहटको कडा जवाफ दिन सेनालाई निर्देशन दिएका छन्।

शीतयुद्धकालीन मनोवैज्ञानिक युद्धको माध्यम मानिने लाउडस्पीकर प्रसारण दुवै कोरियाले विगतमा तनावका बेला प्रयोग गर्दै आएका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको सरकारले उत्तरसँग सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप गत वर्ष सीमामा यस्तो प्रसारण रोकेको थियो। तर उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको कूटनीति र सहयोग अन्त्य गर्दै त्यसलाई स्थायी शत्रु घोषणा गर्नुभएको छ। अमेरिकासँगको आणविक वार्तामा पनि वर्षौंदेखि गतिरोध कायम छ।

प्रकाशित: ५ कार्तिक २०८३ ११:०४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

उत्तर कोरिया । उत्तर कोरियाले आफ्नो साइबर क्षमता विस्तार गर्न बाल्यकालदेखि नै प्रतिभाशाली विद्यार्थी छनोट गरी ह्याकरको विशेष समूह तयार पारिरहेको दाबी गरिएको छ । यही समूहले गत महिना विश्वकै सबैभन्द...

#कोरिया #उत्तर
Compare →
Bizshala
17h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #कोरिया
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सीमा
Compare →
Ekantipur
6d ago
दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दशगज्जामै सीमास्तम्भ र घरआँगन रहे पनि दुवै देशका गाउँले अर्मपर्म, विवाह र चाडपर्वमार्फत पुस्तौंदेखि भाइचारा जोगाइरहेका छन्।

#सीमा
Compare →

Related Stories

World News
Build #2612