Trending
Prev Story
Next Story

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

Arthasansar •
November 10, 2026 • 01:34 AM
2
2 reads 0 reactions

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा  गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन  गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ । भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो ।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ । यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

२४ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा …

#पूजा #यमपञ्चक #गोवद्र्धन
Compare →
Hamro Patro News
4d ago
आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

काठमाडौँ। तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ । पूजाका लागि स्थानीय जातका गाई नै हुनुपर्ने शास्त्रीय विधि रहेको छ । स्थानीय जातका गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सना...

#पूजा #यमपञ्चक #चौथो
Compare →
Nagarik News
3d ago
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ।

#पूजा #गोवर्द्धन #गोरु
Compare →
Ekantipur
3d ago
महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले म्ह:पूजालाई आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । यस दिन मानिसले आफ्नो शरीर, स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा छ ।

#पूजा
Compare →

Related Stories

Business & Economy
Build #2611