Trending
Prev Story
Next Story

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

Nagarik News •
November 10, 2026 • 12:22 AM
1
1 reads 0 reactions

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ।

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको सम्झनामा गोवद्र्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताए।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्र्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ। यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ।

यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ।

प्रकाशित: २४ कार्तिक २०८३ ०६:०७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
विधिपूर्वक गरियो गोवर्द्धन पूजा

विधिपूर्वक गरियो गोवर्द्धन पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन मंगलबार गोवर्द्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिएको हो । द...

#पूजा #पर्वत #गोवर्द्धन
Compare →
Ekantipur
3d ago
महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले म्ह:पूजालाई आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । यस दिन मानिसले आफ्नो शरीर, स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा छ ।

#पूजा
Compare →

Related Stories

World News
Build #2611