Trending
Prev Story
Next Story

काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

Ekantipur •
November 13, 2026 • 08:31 AM
1
1 reads 0 reactions

सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् ।

काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् ।

काठमाडौँ — राजधानी काठमाडौँ सहरमा प्रत्येक वर्ष छठ बर्तालुुको संख्या वृद्धि हुँदै गएको छ ।

भगवान् सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठ पर्वका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् । राजधानीमा करिब डेढ दर्जन स्थानमा भव्य रुपमा छठ पर्व मनाइने गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व राजधानीमै मनाउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।

गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा यस वर्ष ६०० छठ घाटको व्यवस्था गरिएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

विगत वर्षमा यहाँ ५५० छठ घाट निर्माण गरिएको थियो । निर्माण गरिएका सबै छठ घाट भाइटीका अघि नै ‘बुक’ भइसकेको उनले बताए । उनका अनुसार अहिले पनि दैनिक फोन र स्थलगत रुपमा कार्यालयमै आई छठ घाट खोज्नेहरु आइरहेका छन् । गौरीघाटबाट गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघिका नदी किनारसम्म छठ घाट निर्माण गरिएको छ ।

त्यस क्षेत्रको वाग्मती किनारमा प्रत्येक वर्ष छठ घाट निर्माणस्थल विस्तार भएर गइरहेको छ । गत वर्ष गुह्येश्वरी मन्दिरअघिसम्म मात्र छठ घाट निर्माण गरिएको थियो । गत वर्ष बनाएका छठ घाटले नपुगेपछि यस वर्ष करिब ५० वटा छठ घाट वृद्धि गरिएको छ । वृद्धि गरिएको घाट पनि ‘बुक’ भएर थप माग भइरहेको समितिले जनाएको छ ।

दुई दशकअघिसम्म राजधानीमा मधेसी समुदायले मात्र छठ व्रत बसी पूजा, आराधना गरेकामा पछिल्लो समय अन्य समुदायको पनि सहभागिता बढ्न थालेको हो । अहिले छठ मनाउनेमध्ये करिब २१ प्रतिशत मधेसी समुदायबाहेक रहेको अभिलेख पनि समितिले राखेको छ ।

कमलपोखरी, गुह्येश्वरीलगायत काठमाडौँमा निर्माण भएका छठ घाटमा बौद्ध, जैन र मुस्लिम धर्मावलम्बी पनि सूर्यदेवको पूजा, आराधनाका लागि आउने गरेका छन् । यसरी छठ पर्व धार्मिक सहिष्णुताको प्रतीक पनि बन्न सफल भएको छ ।

राजधानीका गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट, बल्खुलगायत वाग्मती र विष्णुमती नदी किनारमा छठ घाट निर्माण गरी आकर्षक रुपमा सजाउन थालिएको छ । छठ घाट निर्माण भइरहेका स्थलमा अहिले स्थानका लागि स्थान लिन जानेको घुइँचो देखिन्छ ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो ।

२०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउने गरिँदै आएको छ ।

रानीपोखरीमा भूकम्पपछिको पुनर्निर्माणसँगै छठ मनाउन बन्द भएको छ । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो ।

कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । त्यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका रणेन्द्र कुशवाहाले बताए । 'षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ,' उनले भने ।

यसैबीच, गुह्येश्वरी क्षेत्रको छठ घाट निर्माणका क्रममा यस क्षेत्रको वाग्मती नदी पनि सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिले नै यस क्षेत्रको वाग्मतीमा डोजर लगाएर सफाइ गर्ने र बालुवा एवं माटो सम्याउने काम सम्पन्न गरेको छ ।

कमलपोखरीमा पनि छठ घाट निर्माण भइरहेको  कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए । दुवै स्थानमा कात्तिक २९ गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक २९ गते आइतबार बेलुकी अस्ताउँदो र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने कार्यक्रम रहेको छ । सूर्यलाई अर्घ दिएसँगै चार दिने छठ पर्व समापन हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् । कार्तिक २७, २०८३ पूर्णप्रसाद म...

#घाट #सूर्यदेव #काठमाडौं
Compare →
Nagarik News
4h ago
छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

पर्व नजिकिएसँगै गुहेश्वरी, कमलपोखरीलगायतका जलाशय तथा नदी किनारमा सरसफाइ, घाट निर्माण र झिलिमिली बत्ती जडान गर्ने काम तीव्र पारिएको छ।

#घाट #बढ्दै
Compare →

Related Stories

National (Nepal)
Build #2611