Trending
Prev Story
Next Story

सुदूरपश्चिम प्रदेशमा ‘स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ सुरु

Onlinekhabar •
November 01, 2026 • 02:01 PM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलता विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय …

सुदूरपश्चिम प्रदेशमा ‘स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ सुरु

१५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलता विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेश नवप्रवर्तन (स्टार्टअप एन्ड इनोभेसन) समिट २०८३’ उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘हामीले उपभोग गर्ने वस्तुदेखि रोजगारीका अवसरसम्म विदेशकै मुख ताक्नुपर्ने अवस्था छ, यो अवस्था बदल्न अब युवालाई उद्यमशीलतामा जोड्नुपर्छ,’ उनले भने, ‘मुलुकलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आवश्यक छ ।’

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन सम्बन्धी वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) का अनुसार यस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ६३ अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ भने आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान छ ।

‘स्टार्टअप सुरु गर्ने युवालाई सुरुवाती चरणमा मात्रै होइन, व्यवसाय विस्तार गर्ने समयसम्म पनि वित्तीय सहयोग र नीतिगत सहजीकरण आवश्यक हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले स्टार्टअप कर्जाको पाँच वर्षको अवधि बढाएर १० वर्ष पुर्‍याउनुपर्छ, सामूहिक अघि बढाइने ठूला तथा नवप्रवर्तनकारी परियोजनाका लागि २ करोडदेखि ५ करोडसम्मको कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।’

महासंघको स्टार्टअप एन्ड इनोभेसन कमिटी तथा युवा उद्यमी मञ्चमार्फत प्रत्येक वर्ष १ सयभन्दा बढी नयाँ उद्यमीलाई ‘स्टार्टअप च्यालेन्ज’ का माध्यमबाट पुरस्कृत तथा प्रोत्साहित गर्दै आएको पनि उनले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको सहज जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथ...

#सुदूरपश्चिम
Compare →
Arthasansar
10h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#सुदूरपश्चिम
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#सुदूरपश्चिम
Compare →
Nagarik News
11h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2611