तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको सहज जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथो जित हो । जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेलमा पराजय व्यहोरेको छ।
आफ्नो खेलमा छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सवै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाउनुभयो । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सक्नु भएन ।
Read full story at source ( gorkhapatraonline.com )