काठमाडौंं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले ११.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४८ रन बनाएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले मात्र ८ रन जोड्दा आफ्ना सुरुवाती ४ विकेट गुमाएर निकै खराब सुरुवात गरेको थियो। स्कट कुगेलेइन ६ रन, विनोद भण्डारी १ रन, ब्रान्डन म्याकमुलन र इशान पाण्डे शून्यमै आउट भएपछि दबाबमा परेको टोलीको इनिङ्सलाई कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )