काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ ।
नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ । नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिना लगायत वस्तुको निर्यात वृद्धि गर्न सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
Read full story at source ( ratopati.com )