हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापन मापदण्ड जारी गरेको छ । प्रदेश सरकारले कर्मचारी सरुवा तथा पदस्थापन प्रक्रियालाई निष्पक्ष, पारदर्शी, वस्तुगत, चक्रीय र अनुमानयोग्य बनाउन नयाँ मापदण्ड जारी गरेको हो ।
प्रदेश सरकारले निजामती ऐन जारी गरेपछि पहिलो पटक मापदण्ड बनाएको हो । यसअघि प्रदेश ऐन जारी नहुँदाको बखत २०७६ मा निजामती कर्मचारी सरुवा मापदण्डबाट काम गर्दै आएको थियो । २०७९ मा प्रदेश निजामती कर्मचारी ऐन जारी भएपछि भने उत्त मापदण्ड निष्क्रिय थियो ।
Read full story at source ( ratopati.com )