Trending
Prev Story
Next Story

मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

Bizshala •
November 06, 2026 • 06:33 AM
1
1 reads 0 reactions

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत...

मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत फ्रान्समा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गरेको छ ।

फ्रान्सेली सञ्चारमाध्यम ‘ला लेत्रे’का अनुसार मेटाको फ्रान्सस्थित कार्यालयमा कार्यरत करिब ३०० कर्मचारीमध्ये १०० जनासम्मले स्वेच्छिक रूपमा जागिर छाड्न सक्नेछन् ।

योजनाअन्तर्गत जागिर छाड्ने कर्मचारीले काम गरेको प्रत्येक एक वर्षबापत २.१५ महिनाको तलब बराबरको रकम पाउनेछन् । पाँच वर्ष काम गरेको कर्मचारीले करिब १०.७५ महिनाको तलब बराबरको रकम प्राप्त गर्नेछ । यो रकम कुल तलबको ८० प्रतिशतका आधारमा गणना गरिनेछ ।

कम्पनीले कर्मचारीलाई नयाँ सीप सिक्न निःशुल्क तालिम दिनुका साथै आफ्नै व्यवसाय वा स्टार्टअप सुरु गर्न आवश्यक सहयोग र मार्गदर्शनसमेत उपलब्ध गराउनेछ ।

फ्रान्सको विशेष श्रम कानुनअनुसार कम्पनी र कर्मचारी युनियनबीच सहमति गरेर सञ्चालन हुने यो योजना स्वैच्छिक हो । यसमा सहभागी हुन चाहने कर्मचारीले नोभेम्बर ५ भित्र आवेदन दिनुपर्नेछ ।

एआईमा लगानी बढाउँदै खर्च कटौती गर्ने रणनीतिअन्तर्गत गुगल र माइक्रोसफ्टले पनि कर्मचारीलाई स्वेच्छिक अवकाशका विकल्प दिएका छन् । मेटाले समेत पछिल्ला दुई वर्षमा हजारौँ कर्मचारीलाई कामबाट हटाइसकेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
12h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Hamro Patro News
14h ago
राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार (कात्तिक २७ गते) खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी विज्ञा...

#कर्मचारी
Compare →

Related Stories

Business & Economy
Build #2611