Trending
Prev Story
Next Story

मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो, ईपीएस कति ?

Bizshala •
November 06, 2026 • 06:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५ करोड ७४ लाख ८१ हजार रुपैयाँ खुद...

मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५ करोड ७४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड १८ लाख ३५ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको नाफा करिब ३७.४ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ५३ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ८ करोड ९७ लाख ३९ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी ८ करोड १८ लाख २९ हजार रुपैयाँबाट बढेर ९ करोड ८२ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ७ करोड ५५ लाख ६५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन नाफा ६ करोड २२ लाख ४४ हजार रुपैयाँ थियो।

कम्पनीको वित्तीय लागत भने घटेको छ। गत वर्ष पहिलो त्रैमासमा १ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको वित्तीय लागत यस वर्ष १ करोड ६३ लाख १२ हजार रुपैयाँमा झरेको छ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब २४ करोड १२ लाख ७४ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल इक्विटी १ अर्ब ७ करोड ४९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ छ भने जगेडा तथा सञ्चित नाफा २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २६.७२ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १२४.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२७ गुणा रहेको कम्पनीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1w ago
कमजोर बन्दै सूर्यज्योति लाइफको अवस्था, १५ प्रतिशतले घट्यो नाफा, इपीएस कति ?

कमजोर बन्दै सूर्यज्योति लाइफको अवस्था, १५ प्रतिशतले घट्यो नाफा, इपीएस कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा १५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

#नाफा #प्रतिशतले #कति
Compare →
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा #प्रतिशतले
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611