Trending
Prev Story
Next Story

कमजोर बन्दै सूर्यज्योति लाइफको अवस्था, १५ प्रतिशतले घट्यो नाफा, इपीएस कति ?

Arthasansar •
November 06, 2026 • 05:34 AM
1
1 reads 0 reactions

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा १५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

कमजोर बन्दै सूर्यज्योति लाइफको अवस्था, १५ प्रतिशतले घट्यो नाफा, इपीएस कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा १५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १५.९५ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १० करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बजकी गत वर्षको पहिलो त्रैमासिकमा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७८ रुपैयाँबाट घटेर ८.२२ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रतिसयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषभने २३.७४ प्रतिशतले वृद्धि भई ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, खुद आर्जित बीमाशुल्क २१.२८ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ५.८३ प्रतिशतले वृद्धि भई ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी १७.५५ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १९.१८ प्रतिशतले वृद्धि भई चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । यसैगरी, विपत्ति कोष २.०९ प्रतिशत र जगेडा तथा सञ्चित आम्दानी ११.७८ प्रतिशतले बढेको छ । कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले वृद्धि भई तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ भने अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले बढेर २८ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5d ago
चन्द्रागिरि हिल्स घाटाबाट नाफामा फर्कियो, आम्दानी ३७ प्रतिशत बढ्दा कुल नाफाको मार्जिन घट्यो

चन्द्रागिरि हिल्स घाटाबाट नाफामा फर्कियो, आम्दानी ३७ प्रतिशत बढ्दा कुल नाफाको मार्जिन घट्यो

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...

#नाफा #घट्यो
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Hamro Patro News
14h ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#घट्यो #कति
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#प्रतिशतले #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2611