Trending
Prev Story
Next Story

पाँच फिट हिउँ छिचोल्दै ताक्लाकोटबाट फर्किए दार्चुलाका व्यापारी

Ekantipur •
November 01, 2026 • 12:31 PM
1
1 reads 0 reactions

हिउँले बाटो पुरिएपछि २० जना मानिस र १०० वटा याक तथा झुपु परिचालन गरेर दुई दिनमा बाटो खोलियो ।

पाँच फिट हिउँ छिचोल्दै ताक्लाकोटबाट फर्किए दार्चुलाका व्यापारी

हिउँले बाटो पुरिएपछि २० जना मानिस र १०० वटा याक तथा झुपु परिचालन गरेर दुई दिनमा बाटो खोलियो ।

बझाङ — चीनको तिब्बतस्थित ताक्लाकोट बजारमा व्यापार गर्न गएका दार्चुलाका व्यापारी चार महिनापछि घर फर्किएका छन् ।

डेढ दिनको पैदल यात्रापछि ताक्लाकोट पुगेका छाङरु र टिंकरका करिब ९० जना व्यापारी पाँच फिटसम्म जमेको हिउँ छिचोल्दै घर फर्किएका हुन् ।

सिजनभन्दा अगावै हिमपात भएपछि फर्किने बाटो पुरिँदा आवतजावत कठिन बनेको थियो । हिउँ पन्छाउन मानिस, याक र झुपु (चौंरी) परिचालन गरिएको थियो । व्यास गाउँपालिका–१ का वडासदस्य हितेश बुढाथोकीका अनुसार सीमावर्ती क्षेत्रमा तिब्बततर्फ पाँच फिट र नेपालतर्फ तीन फिटभन्दा बढी हिउँ जमेको थियो ।

हिउँले बाटो पुरिएपछि २० जना मानिस, ६५ याक र ३५ वटा झुपु परिचालन गरी दुई दिन लगाएर बाटो खोलिएको उनले बताए । ‘असोजको तेस्रो हप्तातिर पनि अलिकति हिउँ परेको थियो । अर्णब चक्रवातका कारण हिजो/अस्ती हिउँ झन् थपिएकोले गाह्रो भयो । यसपालि सिजनभन्दा अगावै हिउँ पर्‍यो । त्यसैले फर्किन निकै कठिन भयो,’ बुढाथोकीले भने ।

व्यापारी टोलीसँगै नेपाल फर्किएका दार्चुला–ताक्लाकोट व्यापार संघका अध्यक्ष योगेश बोहराका अनुसार हिउँका कारण कतिपयलाई हिँड्नसमेत कठिन भएको थियो । केही व्यापारी राति ११ बजे मात्रै टिंकर पुगेका थिए । ‘योपालि हिउँले धेरै दुःख दियो,’ बोहराले भने ।

गत असारमा दार्चुलाका व्यापारीहरू नेपालबाट गुड, मिश्री तथा हस्तकलाका सामग्री लिएर ताक्लाकोट गएका थिए । फर्किँदा उनीहरूले जुत्ता, लत्ताकपडालगायत तिब्बतीसामान याक, घोडा, खच्चर र झुपुमा बोकेर ल्याएका छन् । पुस्तौंदेखि सीमापार मौसमी व्यापार गर्दै आएका व्यासी सौका समुदायका स्थानीयका लागि ताक्लाकोट व्यापार आम्दानीको एउटा प्रमुख आधार हो ।

कोरोना महामारीका कारण लामो समय रोकिएको दार्चुला–ताक्लाकोट मौसमी व्यापार सन् २०२४ देखि पुनः सञ्चालनमा आएको थियो । बझाङको उतरी भेग र दार्चुलाको व्यास गाउँपालिका–१ का छाङरु र टिंकरका स्थानीयहरु पुस्तौंदेखि  ताक्लाकोट पुगेर वर्षको केही महिना व्यापार गर्दै आएका छन् । उनीहरू असारतिर ताक्लाकोट जाने र कात्तिक–मंसिरतिर फर्किने गर्छन् ।

ताक्लाकोटमा बझाङ र दार्चुलाका व्यापारीले पसल तथा होटलसमेत सञ्चालन गर्दै आएका छन् । डोकाडालासहित हस्तकलाका सामान बिक्री गर्न गएको साउनमा गएका बझाङका व्यापारीहरु भने तीन साता ताक्लाकोट बसेर भदौ पहिलो साता नेपाल फर्किसकेका छन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
घर फर्किएका युवा खेलाडी चार दिनपछि भिरमुनि मृ`त भेटिए

घर फर्किएका युवा खेलाडी चार दिनपछि भिरमुनि मृ`त भेटिए

भलिबल खेल्न भन्दै बाजुराबाट मुगु आएका एक युवा घर फर्किएको भनिएको चार दिनपछि भिरमुनि मृत अवस्थामा फेला परेका छन्।

#फर्किए
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#फर्किए
Compare →
Hamro Patro News
3d ago
फर्किए डेविड वार्नर : चार खेलमा बनाए १२७ रन

फर्किए डेविड वार्नर : चार खेलमा बनाए १२७ रन

काठमाण्डु – विश्व क्रिकेटका चर्चित ब्याटर अस्ट्रेलियाका डेभिड वार्नरको नेपाल प्रिमियर लिग (एनपीएल)का खेल खेलेर फर्किएका छन् । वार्नर काठमान्डु गोर्खाजबाट एनपीएलमा चार खेल खेलेर फर्किएका हुन् । का...

#फर्किए
Compare →

Related Stories

Business & Economy
Build #2611