Trending
Prev Story
Next Story

नेपाल एसबीआईको नाफा ५५ करोड नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ६० करोड

Bizshala •
November 01, 2026 • 08:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १०.१० प्रतिशतले बढाएको छ। खुद ब्याज आम्दानी...

नेपाल एसबीआईको नाफा ५५ करोड नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ६० करोड

काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १०.१० प्रतिशतले बढाएको छ। खुद ब्याज आम्दानी घटे पनि सम्भावित नोक्सानीबापतको खर्चमा आएको कमी तथा शुल्क र ट्रेडिङ आम्दानीमा भएको सुधारले बैंकको नाफा बढाउन सहयोग गरेको हो।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ५५ करोड २२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा ५० करोड १५ लाख ६५ हजार रुपैयाँ थियो।

नाफा बढे पनि बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने दबाब देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपटक ३.७१ प्रतिशतले घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कुल ब्याज आम्दानी ७ प्रतिशत र ब्याज खर्च ८.७९ प्रतिशतले घटेको छ।

आम्दानी ०.१० प्रतिशतले मात्र बढेर करिब १ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ पुगेको छ। नोक्सानी व्यवस्थाबापतको खर्च घटेको प्रभावले सञ्चालन नाफा भने ९.४६ प्रतिशतले बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसले पहिलो त्रैमासको नाफा वृद्धिमा आम्दानी विस्तारभन्दा नोक्सानी खर्चमा आएको कमीको योगदान बढी रहेको देखाउँछ।

असोज मसान्तमा बैंकको कुल सञ्चित वितरणयोग्य नाफा १ अर्ब ६० करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२७ प्रतिशत बढी हो।

चालु पहिलो त्रैमासमा मात्रै बैंकले ३५ करोड २८ लाख ४६ हजार रुपैयाँ वितरणयोग्य नाफा थपेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम २७ करोड ९५ लाख २७ हजार रुपैयाँ थियो। यसअनुसार त्रैमासिक वितरणयोग्य नाफा २६.२३ प्रतिशतले बढेको छ। कुल सञ्चित रकममा आर्थिक वर्षको सुरुमै रहेको १ अर्ब २५ करोड १६ लाख रुपैयाँसमेत समावेश छ। वितरणयोग्य नाफाको गणनामा बिमाङ्कीय नोक्सानीसम्बन्धी १५ करोड ६९ लाख रुपैयाँको सकारात्मक नियामकीय समायोजन पनि जोडिएको छ।

नाफामा सुधारसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १७.७० रुपैयाँबाट बढेर १९.४९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १९९.६६ रुपैयाँ कायम भएको छ।

कर्जा गुणस्तरतर्फ भने निष्क्रिय कर्जा अनुपात केही बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.०१ प्रतिशत रहेको यस्तो अनुपात यसपटक ३.१९ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जाको तुलनामा गरिएको कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात पनि १३३.३२ प्रतिशतबाट बढेर १३४.४५ प्रतिशत कायम भएको छ।

असार मसान्तको तुलनामा निक्षेप १२.५५ प्रतिशतले बढेर असोज मसान्तमा २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा ग्राहकलाई प्रवाह गरिएको कर्जा भने ३.०३ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

बैंकको कोषको लागत ४.४२ प्रतिशतबाट घटेर ३.६९ प्रतिशत र औसत आधारदर ५.९६ प्रतिशतबाट घटेर ५.०८ प्रतिशतमा आएको छ। तर ब्याजदर अन्तर अर्थात् स्प्रेडदर पनि ३.४६ प्रतिशतबाट खुम्चिएर ३.०६ प्रतिशतमा सीमित भएको छ।

११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको पुँजीकोष अनुपात १३.६२ प्रतिशत छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?

नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?

नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको...

#नाफा #खुद #एसबीआई
Compare →
Ekantipur
1w ago
कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो

#नाफा #त्रैमास
Compare →
Nagarik News
1w ago
वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

#नाफा #खुद
Compare →
Onlinekhabar
1w ago
खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको छ । धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा …

#नाफा #खुद
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #आम्दानी
Compare →

Related Stories

National (Nepal)
Build #2612