Trending
Prev Story
Next Story

सालपा विकास बैंकको घाटा ७५ प्रतिशत बढ्यो, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँमुनि

Bizshala •
November 01, 2026 • 08:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ । सालपा विकास बैंकको घाटा थप फराकिलो बनेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी सामान्य...

सालपा विकास बैंकको घाटा ७५ प्रतिशत बढ्यो, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँमुनि

काठमाण्डौ । सालपा विकास बैंकको घाटा थप फराकिलो बनेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी सामान्य बढे पनि अन्य सञ्चालन आम्दानीमा आएको ठूलो गिरावट र बढ्दो खर्चले बैंकको वित्तीय नतिजा कमजोर बनाएको हो।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अलेखापरीक्षित वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ करोड ७४ लाख २७ हजार रुपैयाँ खुद घाटा भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंक ९९ लाख ८४ हजार रुपैयाँ घाटामा थियो। यस आधारमा बैंकको घाटा ७४.५५ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड १० लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपटक ६७.७२ प्रतिशतले घटेर ३५ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ। यससँगै कुल सञ्चालन आम्दानी पनि २७.१२ प्रतिशतले घटेर १ करोड ९५ लाख ९३ हजार रुपैयाँमा झरेको छ।

खुद ब्याज आम्दानीमा भने सामान्य सुधार आएको छ। अघिल्लो वर्षको १ करोड ४७ लाख ९१ हजार रुपैयाँबाट यस्तो आम्दानी १.२९ प्रतिशतले बढेर १ करोड ४९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। कुल ब्याज आम्दानी ५.९६ प्रतिशतले घटे पनि ब्याज खर्च ११.२२ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी जोगिएको हो। शुल्क तथा कमिसन आम्दानी भने २.६८ प्रतिशतले घटेर १० लाख ५८ हजार रुपैयाँ कायम भएको छ।

कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्च भने अघिल्लो वर्षभन्दा घटेको छ। यस्तो खर्च १ करोड ८९ लाख ३६ हजार रुपैयाँबाट १५.२० प्रतिशतले घटेर १ करोड ६० लाख ५७ हजार रुपैयाँ कायम भएको छ। तर यो खर्चपछि बाँकी खुद सञ्चालन आम्दानी ३५ लाख ३५ हजार रुपैयाँमा सीमित हुँदा नियमित खर्च धान्ने क्षमता थप कमजोर बनेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.६१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपटक ५.१८ प्रतिशतमा झरेको छ। वार्षिक तुलनामा यो २.४३ प्रतिशत बिन्दुको सुधार हो।

घाटा बढेसँगै वितरणयोग्य नाफा पनि ऋणात्मक छ। नियामकीय समायोजनपछि चालु त्रैमासको वितरणयोग्य नतिजा १ करोड ९३ लाख ९ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो अवधिबाट सरेर आएको घाटासमेत जोड्दा असोज मसान्तमा कुल वितरणयोग्य रकम २ करोड ९८ लाख ७१ हजार रुपैयाँले ऋणात्मक पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी ३.३४ रुपैयाँ ऋणात्मक देखाइएको छ। प्रतिसेयर नेटवर्थ पनि गत असार मसान्तको १०३.५२ रुपैयाँबाट घटेर ९८.८३ रुपैयाँमा झरेको छ। बैंकको चुक्तापुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ।

वित्तीय अवस्थाको विवरणअनुसार गत असार मसान्तमा १ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ रहेको निक्षेप असोज मसान्तमा १ अर्ब ५३ करोड ७६ लाख रुपैयाँमा झरेको छ। ग्राहकलाई दिएको कर्जाको खुद मौज्दात भने सोही अवधिमा १ अर्ब १५ करोड ४६ लाख रुपैयाँबाट बढेर १ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुगेको छ।

बैंकको पुँजी पर्याप्तता अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको ३०.७९ प्रतिशतबाट घटेर २८.३५ प्रतिशत कायम भएको छ। कोषको लागत ५.६२ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा आएको छ भने आधार दर १०.३१ प्रतिशतबाट घटेर ९.८६ प्रतिशत कायम भएको छ। कर्जा–निक्षेप अनुपात ६७.६४ प्रतिशत रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि एसएमई महोत्सव सञ्चालनमा ल्याएको छ। यो विशेष अभि...

#विकास #राष्ट्र-बैंक
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#विकास #राष्ट्र-बैंक
Compare →
Nagarik News
3d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →
Ekantipur
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि-२०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।

#विकास
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2612