Trending
Prev Story
Next Story

२ हजार ५२२ प्रतिशत बढ्यो एनआईएमबिको नाफा

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २ हजार ५२२ प्रतिशत बढेर...

२ हजार ५२२ प्रतिशत बढ्यो एनआईएमबिको नाफा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २ हजार ५२२ प्रतिशत बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ५९ करोड २१ लाख १४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा बैंकको निक्षेप संकलन १०.७५ प्रतिशत बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ र कर्जा प्रवाह ०.३३ प्रतिशत बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँबाट बढेर १३.८५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २००.८८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८९ गुणा रहेको छ । गत वर्षको असोजमा ६.६३ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा बढेर ८.८७ प्रतिशत पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
आम्दानी घट्दा पनि मनकामना हाइड्रोको नाफा बढ्यो, ईपीएस कति ?

आम्दानी घट्दा पनि मनकामना हाइड्रोको नाफा बढ्यो, ईपीएस कति ?

काठमाण्डौ ।  मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी घटे पनि...

#नाफा #त्रैमास #आम्दानी
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #आम्दानी
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611