Trending
Prev Story
Next Story

प्राइम कमर्सियल बैंककाे नाफामा गिरावट, इपीएस सहित यस्ता छन् सूचक ?

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

प्राइम कमर्सियल बैंककाे नाफामा गिरावट,  इपीएस सहित यस्ता छन् सूचक ?

प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकको नाफा समीक्षा अवधिमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यो बैंकको नाफा ५.६२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ रहेको थियो । सञ्चालन नाफामा आएको कमी तथा इम्पेयरमेन्ट चार्जमा भएको वृद्धिका कारण बैंकको खुद नाफामा गिरावट आएको हो।

खुद नाफा घटे पनि बैंकको मुख्य आम्दानीको रूपमा रहेको खुद ब्याज आम्दानी भने ८.२४ प्रतिशतले बढेर २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो आम्दानी २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि १२.७९ प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । मुख्य आम्दानीका सूचकमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ४.६२ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ । तर इम्पेयरमेन्ट चार्ज ४८ करोड ९ लाख रुपैयाँबाट बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेपछि बैंकको सञ्चालन नाफा ५.४८ प्रतिशतले घटेर १ अर्ब ९६ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँबाट घटेर २२.६७ रुपैयाँ कायम भएका छ । त्यस्तै खराब कर्जा व्यवस्थापनमा चुनौती थपिँदा बैंकको निष्क्रिय कर्जा अनुपात ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत पुगेको छ। बैंकसँग असोज मसान्तसम्ममा २ अर्ब ५ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा सञ्चित रहेको छ।

चुक्ता पूँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १४ अर्ब ९३ करोड रुपैयाँ सञ्चिति रहेको छ । बैंकले २ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरी २ खर्ब ७५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ३ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ नाघेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
11h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Bizshala
12h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611