Trending
Prev Story
Next Story

आम्दानी घट्दा पनि मनकामना हाइड्रोको नाफा बढ्यो, ईपीएस कति ?

Bizshala •
November 03, 2026 • 07:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी घटे पनि...

आम्दानी घट्दा पनि मनकामना हाइड्रोको नाफा बढ्यो, ईपीएस कति ?

काठमाण्डौ ।  मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी घटे पनि खुद नाफा बढाएको छ ।कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा १ करोड ७९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो । यस आधारमा कम्पनीको नाफा एक वर्षमा करिब ७.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४ करोड ९२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५ करोड २६ लाख ६५ हजार रुपैयाँ थियो । अर्थात् कम्पनीको आम्दानी करिब ६.४५ प्रतिशत घटेको छ । आम्दानी घट्दा पनि नाफा बढ्नुमा वित्तीय लागतमा आएको कमी मुख्य कारण देखिएको छ ।

गत वर्षको पहिलो त्रैमासमा १ करोड ३८ लाख १० हजार रुपैयाँ रहेको वित्तीय लागत चालु वर्षको सोही अवधिमा घटेर १ करोड ८ लाख ८८ हजार रुपैयाँमा झरेको छ । वित्तीय लागत करिब २१.१५ प्रतिशत घटेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ । गत वर्षको पहिलो त्रैमासमा २.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले बढेर २.२४ रुपैयाँ पुगेको छ ।

प्रतिसेयर नेटवर्थ पनि ६२.६८ रुपैयाँबाट बढेर ६४.१० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य प्रतिकित्ता २४८.९० रुपैयाँ रहँदा मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ११०.९९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको रिटेन्ड अर्निङ भने अझै ऋणात्मक छ । असोज मसान्तसम्म रिटेन्ड अर्निङ २८ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यद्यपि गत असार मसान्तको ३० करोड ५१ लाख रुपैयाँ ऋणात्मक अवस्थाबाट भने सुधार आएको देखिन्छ ।

गत वर्षको असोज मसान्तमा कम्पनीको रिटेन्ड अर्निङ २९ करोड ८५ लाख रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको छ भने कुल सेयरधनी कोष ५१ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो कोष ४९ करोड ४८ लाख रुपैयाँ थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
14h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#नाफा #आम्दानी
Compare →
Ekantipur
12h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611