Trending
Prev Story
Next Story

लक्ष्मी सनराइज बैंकको नाफा ९६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक...

लक्ष्मी सनराइज बैंकको नाफा ९६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९६.६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा बैंकको नाफा ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको नाफा ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ७६ करोड १७ लाख २० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३८८ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३९१ करोड ६९ लाख ८१ हजार रुपैयाँ थियो । यद्यपि, सञ्चालन खर्च तथा कर्जा नोक्सानी व्यवस्थापनमा भएको सुधारले बैंकको सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ४३ करोड ८१ लाख ७७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको करअघिको नाफा ९४ करोड ८० लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४४ करोड ४४ लाख ८३ हजार रुपैयाँ रहेको थियो । कर तथा अन्य समायोजनपछि बैंकले ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यसले बैंकको नाफा वृद्धिमा सञ्चालन नाफाको सुधारले महत्वपूर्ण योगदान पु¥याएको देखाउँछ । यता, बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै उल्लेख्य रहेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप ४ खर्ब २६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकले ग्राहकलाई ३ खर्ब २१ अर्ब ८ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको कुल सम्पत्ति पनि बढेर ५ खर्ब ३८ अर्ब २८ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो सम्पत्ति ५ खर्ब ११ अर्ब २८ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको छ भने सञ्चित कोषमा १९ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको खराब कर्जाको अनुपातमा भने सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.४२ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५.५८ प्रतिशत पुगेको छ । तर, खुद खराब कर्जाको अनुपात भने १.५७ प्रतिशतबाट घटेर १.३३ प्रतिशत कायम भएको छ । त्यस्तै, कुल खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात ९७.३८ प्रतिशतबाट बढेर ९८.२३ प्रतिशत पुगेको छ ।

अन्य वित्तीय सूचकमा भने सुधार देखिएको छ । बैंकको कोष लागत ४.१७ प्रतिशतबाट घटेर ३.३० प्रतिशतमा झरेको छ भने आधार दर ५.९६ प्रतिशतबाट घटेर ४.९७ प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात ७७.०९ प्रतिशतबाट घटेर ७४.२८ प्रतिशतमा आएको छ । त्यस्तै, पुँजी पर्याप्तता अनुपात १२.४४ प्रतिशतबाट बढेर १२.८६ प्रतिशत पुगेको छ । यसैगरी, बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४६ पैसाबाट बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ । स्वपुँजीमा प्रतिफल २.९४ प्रतिशतबाट बढेर ५.५० प्रतिशत कायम भएको छ भने सम्पत्तिमा प्रतिफल ०.३० प्रतिशतबाट बढेर ०.५० प्रतिशत पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
7h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Bizshala
13h ago
सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो...

#नाफा #प्रतिशतले
Compare →
Hamro Patro News
5d ago
घर घरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

घर घरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आज बेलुकी राजधानीलगायत देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ । तिहारका अवसरमा आज दीपावली गरिने मुख्य दिन हो । यसलाई दीपमालिका पनि...

#लक्ष्मी
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् …

#लक्ष्मी
Compare →
Nagarik News
5d ago
लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन

लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन

यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाका अवसरमा काठमाडौं उपत्यकामा सयपत्री तथा मखमली फूलको कारोबार व्यापक रूपमा बढेको छ।

#लक्ष्मी
Compare →

Related Stories

Business & Economy
Build #2611