Trending
Prev Story
Next Story

सिद्धार्थ बैंकको नाफासँगै अधिकांश सूचकमा सुधार, खराब कर्जा पनि घट्यो

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

सिद्धार्थ बैंक लिमिटेडले चालू आवको तीन महीनामा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही...

सिद्धार्थ बैंकको नाफासँगै अधिकांश सूचकमा सुधार, खराब कर्जा पनि घट्यो

सिद्धार्थ बैंक लिमिटेडले चालू आवको तीन महीनामा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १६२.७५ प्रतिशत बढी हो। गत आवमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकले २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको तुलनामा १०.५० प्रतिशतले बढेको हो। गत आवमा बैंकले २ अर्ब ज्ञ६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यता बैंकको कुल सञ्चालन आम्दानी पनि ३ अर्ब ९ करोड ६ लाख रुपैयाँबाट ७.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५० करोड ६० लाख रुपैयाँबाट १४७.०९ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५ लाख रुपैयाँ नाघेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.८२ रुपैयाँबाट बढेर १८.७६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १९९.६१ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी १८ अर्ब २९ करोडबाट १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँबाट ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८१ करोड रुपैयाँ सञ्चिति छ। बैंकले ७ अर्ब ८९ करोड कर्जा लगानी गरी ३ खर्ब ३४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था (एएलबीएसएल) को खुद ब्याज आम्दानी १७.२२ प्रतिशतले बढे पनि पहिलो त्रैमासको खुद...

#खुद #नाफा #खराब
Compare →
Ekantipur
9h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Hamro Patro News
1d ago
विवाहअघि सिद्धार्थ र कियाराको सम्बन्धमा आएको थियो समस्या, करणले खोले राज

विवाहअघि सिद्धार्थ र कियाराको सम्बन्धमा आएको थियो समस्या, करणले खोले राज

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा चर्चित च्याट शो ‘कफी विथ करण’ को सिजन ९ मा अतिथिका रूपमा सहभागी भएका छन् । विवाहपछि पहिलोपटक एकसाथ शोमा देखिएका उनीहरूले आफ्नो ...

#सिद्धार्थ
Compare →

Related Stories

Business & Economy
Build #2611