दुई दशकसम्म दीपक भट्टले नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रका शक्तिशाली व्यक्तिसँग असाधारण पहुँच र सम्बन्ध विस्तार गरे, तर आफूलाई भने सार्वजनिक नजरबाट प्रायः टाढै राखे । अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानले उनी वरिपरि विकसित सञ्जाल र सम्बन्धका अनेक तह उजागर गरेको छ ।
वै शाख २०८१ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका सचिवलाई बालुवाटार डाके । छलफलको विषय ‘प्रशासनिक विषय र खरिदसम्बन्धी मामिला, जसमा नेपाल प्रहरीका हातहतियारसमेत समावेश’ थियो ।
बैठक राति ११ बजेपछि पनि जारी रह्यो । बैठक सकेर अर्याल बाहिरिन लाग्दा त्यहीं रहेका सुरक्षाकर्मीले अर्को कोठाको वैकल्पिक ढोकाबाट निस्किन भने । त्यहाँ एक व्यक्ति बसिरहेका थिए । ती व्यक्ति थिए– दीपक भट्ट । ‘उहाँ कुरिरहनुभएको थियो,’ त्यो रातको घटना सम्झँदै बालुवाटारस्थित त्यसबेलाका एक सुरक्षा अधिकृतले कान्तिपुरसँग भने ।
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव
मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।