Trending
Prev Story
Next Story

सर्वोच्चका विवादित न्यायाधीशबारे रास्वपा संसदीय दलले निर्णय लिने

Ekantipur •
October 31, 2026 • 02:02 PM
1
1 reads 0 reactions

'संसदीय दलको दायरामा आउने भएकाले उसलाई निर्देशन दिने भनेको महाभियोग लगाउनुपर्छ भन्ने हो । महाभियोग लगाउन संसदीय दलले भूमिका खेल्नुपर्छ । अरू न्यायाधीश पनि हुनुहुन्छ'

सर्वोच्चका विवादित न्यायाधीशबारे रास्वपा संसदीय दलले निर्णय लिने

'संसदीय दलको दायरामा आउने भएकाले उसलाई निर्देशन दिने भनेको महाभियोग लगाउनुपर्छ भन्ने हो । महाभियोग लगाउन संसदीय दलले भूमिका खेल्नुपर्छ । अरू न्यायाधीश पनि हुनुहुन्छ'

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशहरूका सम्बन्धमा आएका विवादको निरूपण गर्न सरकारको नेतृत्व गरिरहेको रास्वपाको सचिवालय बैठकले संसदीय दललाई निर्देशन दिएको छ । फिक्सर इनम सापकोटासँगको विवादमा जोडिएका न्यायाधीशमाथि महाभियोगको प्रक्रिया अगाडि बढाउन रास्वपा संसदीय दललाई सचिवालयले निर्देशन दिएको हो ।

फिक्सर सापकोटाले प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाममा रकम जम्मा गरेको र न्यायाधीश हरिप्रसाद फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाको विषयमा ह्वाट्सएपमा च्याट गरेको विवरण सार्वजनिक भएपछि उत्पन्न विवादको निरूपण संवैधानिक प्रक्रियाबाट अगाडि बढाउनुपर्ने रास्वपाले भनेको हो ।

सचिवालय बैठकपछि रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले भने, ‘हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने संवैधानिक बाटो भनेको संसद् नै हो । संसद्‌मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ । त्यो प्रक्रिया अघि बढाउनका लागि रास्वपा सचिवालय बैठकले संसदीय दललाई समेत निर्देशन दिने निर्णय गरेको छ ।’ न्यायालयमा पुनर्संरचना गर्नुपर्छ भन्ने लागेरै यस्तो निर्णय गर्नुपरेको प्रवक्ता खरेलले बताए । न्यायाधीशबारे संसदीय प्रक्रियामा जानु आवश्यक भएको खरेलको भनाइ छ । त्यसपछि संसदीय प्रक्रियाबाट आएको निर्णय नै लागू हुने उनको भनाइ छ ।

सुरुमा न्यायाधीश हरिप्रसाद फुयाललाई महाभियोग लगाउने र त्यसपछि अनुसन्धानमा नाम जोडिएकाहरूलाई पनि प्रक्रियामा तान्नेबारे छलफल भएको हो । रास्वपाका एक पदाधिकारीले भने, 'न्यायाधीशमा विचलन आएको छ । एक जना न्यायाधीशले त बिचौलियासँग भेटेको स्वीकारेर विचलनको कुरा पुष्टि गरिसक्नुभएको छ । यसैले महाभियोग लगाउनका लागि संसदीय दललाई लेखिपठाउने निर्णय भएको हो ।'

विवादित न्यायाधीशमाथि महाभियोग लगाउनका लागि संसदीय दलले भूमिका खेल्नुपर्ने ती नेताले जानकारी दिए । 'संसदीय दलको दायरामा आउने भएकाले उसलाई निर्देशन दिने भनेको महाभियोग लगाउनुपर्छ भन्ने हो । महाभियोग लगाउनका लागि संसदीय दलले भूमिका खेल्नुपर्छ । अरू न्यायाधीश पनि हुनुहुन्छ । सुरुमा एउटा मात्र पात्रलाई लगाउने कि देखिएका सबैलाई भन्ने संसदीय दलले निर्णय लिन्छ तर प्रमाण बुझ्दै जाँदा अरूलाई पनि लगाउनुपर्छ भन्ने हो,' ती नेताले भने । प्रमाण बुझ्दै जाँदा भेटिएका जति न्यायाधीशलाई महाभियोग लगाउने ती नेताले बताए ।

महाभियोगको कारबाही गर्ने सदन प्रतिनिधिसभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ । १ सय ८४ जनाले दुई तिहाइ हुने सदनमा रास्वपाका १८२ सांसद छन् । यसै अंकगणितलाई पनि मध्यनजर गरेर रास्वपाले सर्वोच्च अदालतमा विवादित न्यायाधीशमाथि महाभियोग लगाउने बाटो अपनाउन लागेको हो ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न ...

#रास्वपा
Compare →
Nagarik News
6h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#रास्वपा
Compare →
Onlinekhabar
13h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611