Trending
Prev Story
Next Story

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

Ekantipur •
October 31, 2026 • 11:31 AM
1
1 reads 0 reactions

खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिएका हुन्

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिएका हुन्

तेहरान — इरानका सर्बोच्च नेता अयोतोल्लाह मोज्तबा खामेनीले शत्रु पक्षले गर्ने कुनै पनि आक्रमणविरुद्ध कडा प्रत्याक्रमण गर्न इरानी सेनालाई आदेश दिएका छन् । उनले इरानको आक्रमण कुनै पनि भूगोलमा सिमित हुन नहुने बताए ।

यसअघि इरानले पश्चिम एशियाली देशहरुमा मात्रै प्रत्याक्रमण गर्ने गरेको थियो । तर, खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिए ।

इरानी सञ्चारमाध्यम ‘इर्ना’ का अनुसार, वरिष्ठ सैन्य कमाण्डरहरूसँगको भेटघाटमा खामेनीले यस्तो आदेश दिएका हुन् ।

‘यदि शत्रुहरूले फेरि एकपटक सैन्य वा आतंकवादी आक्रमण गर्ने दुसाहास गरे भने उनीहरूको अन्त्यको समय र परिस्थिति इस्लामिक गणतन्त्रका सशस्त्र बलहरू र इरानी जनताले नै निर्धारण गर्नेछन्,’ खामेनीले चेतावनी दिएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यावधि चुनावपछि इरानमा आक्रमण गर्नसक्ने संकेत गरेका थिए । यसका लागि अमेरिकाले ठूलो संख्यामा जलसेनालाई पश्चिम एशियामा परिचालित गर्दैछ ।

अमेरिकाले आफ्ना पश्चिम एशियाली सहयोगी देशहरुलाई पनि इरानबाट हुनसक्ने सम्भावित प्रत्याक्रमणको तयारी गर्न आग्रह गरेको छ ।

अमेरिकी सञ्चारमाध्यम एमएस नाऊको रिपोर्टअनुसार ४ नोभेम्बरदेखि नै इरानसँगको युद्धका लागि तयार अवस्थामा रहन पश्चिम एशियाली देशहरुलाई आग्रह गरिएको छ । अमेरिकामा ३ नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ ।

एमएस नाऊले कुराकानी गरेका खाडी राष्ट्रका तीन वरिष्ठ अधिकारीहरुका अनुसार अमेरिकाले आगामी आक्रमण निकै तिव्र हुने र छोटो समयमात्रै चल्ने जानकारी गराएको छ ।

तर खाडी राष्ट्रहरु नयाँ चरणको युद्धलाई लिएर त्रसित देखिएका छन् । युद्ध सुरु भएपछि इरानले आफ्ना देशमा रहेका पूर्वाधारहरुमा प्रत्याक्रमण गर्नसक्ने भय उनीहरुलाई छ । २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि नै इरानले पश्चिम एशियाली देशहरुलाई निशाना बनाउँदै आएको छ ।

एक अधिकारीले एमएस नाऊसँग भनेका छन्, ‘कुनै खाडी राष्ट्रले आफ्नो देशमा रहेको अमेरिकी सैन्य अखडा अमेरिकालाई प्रयोग गर्न नदिएमा पनि हामी अचम्मित हुनेछैनौं । किनकि, इरानको प्रत्याक्रमणलाई लिएर उनीहरु चिन्तित छन् ।’

( इर्ना, अल जजिरा, एमएस नाऊ, टाइम्स अफ इजरायलको सहयोगमा)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#आक्रमण
Compare →
Hamro Patro News
3d ago
इरानले सुपरमार्केटमा साइबर आक्रमण गरेको फ्रान्सको आरोप

इरानले सुपरमार्केटमा साइबर आक्रमण गरेको फ्रान्सको आरोप

काठमाडौं– फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग ...

#आक्रमण
Compare →
Arthasansar
4d ago
शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ ।...

#आक्रमण
Compare →
Onlinekhabar
5d ago
चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी …

#आक्रमण
Compare →

Related Stories

World News
Build #2611