Trending
Prev Story
Next Story

इरानले सुपरमार्केटमा साइबर आक्रमण गरेको फ्रान्सको आरोप

Hamro Patro News •
November 10, 2026 • 08:20 AM
1
1 reads 0 reactions

काठमाडौं– फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग ...

1 / 2
Swipe Photos

काठमाडौं– फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ ।

गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब ६ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो । यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए । पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौं लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#आक्रमण #सुपरमार्केट #फ्रान्स
Compare →
Ekantipur
3d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#आक्रमण #फ्रान्स #इरान
Compare →
Onlinekhabar
3d ago
फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

२४ कात्तिक, काठमाडौं । फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप …

#सुपरमार्केट #फ्रान्स #इरान
Compare →
Arthasansar
13h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण #इरान
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान
Compare →

Related Stories

Business & Economy
Build #2611