Trending
Prev Story
Next Story

दसैंपछि सेयर बजारमा उत्साह, कारोबार रकम ५३ प्रतिशतले बढ्यो

Ekantipur •
October 31, 2026 • 11:31 AM
1
1 reads 0 reactions

नेप्से परिसूचक २.१३ प्रतिशतले बढेर २६९०.१५ अंकमा चढ्यो भने साप्ताहिक कारोबार रकम ५२.६४ प्रतिशतले बढेर ३४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

दसैंपछि सेयर बजारमा उत्साह, कारोबार रकम ५३ प्रतिशतले बढ्यो

नेप्से परिसूचक २.१३ प्रतिशतले बढेर २६९०.१५ अंकमा चढ्यो भने साप्ताहिक कारोबार रकम ५२.६४ प्रतिशतले बढेर ३४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौँ — दसैं बिदापछि खुलेको सेयर बजारमा खरिद चाप बढेसँगै कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ । सबै प्रमुख समूहका सूचक बढ्दा गत साता नेप्से ५५.९८ अंक अर्थात् २.१३ प्रतिशतले बढेर २ हजार ६ सय ९०.१५ अंकमा पुगेको हो । गत साता कारोबार रकम पनि उल्लेख्य बढेको नेप्सेको तथ्यांक छ ।

साताभरमा कुल ३४ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो सातामा २२ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो । यसले साप्ताहिक कारोबार रकम ५२.६४ प्रतिशतले बढेको देखिन्छ । पाँच कारोबार दिनमा दैनिक औसत कारोबार रकम ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

बजार पुँजीकरण पनि एक सातामा एक खर्ब रुपैयाँले बढेर ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता बजार पुँजीकरण ४५ खर्ब ३० अर्ब रुपैयाँ थियो । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०३ प्रतिशतले बढेर ४ सय ८७.६६ अंकमा पुगेको छ । फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः २.१३ र २.१९ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।

दसैं बिदापछिको पहिलो साप्ताहिक कारोबारमा देखिएको सुधारले लगानीकर्ताको मनोबल बढाएको छ । तर, अर्थतन्त्र र कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार नदेखिएको अवस्थामा बजारमा देखिएको उत्साह र खरिद चापले यो वृद्धिलाई कति समय टिकाउन सक्छ भन्ने प्रश्न पनि उब्जिएको छ ।

गत साता जलविद्युत् उपसमूहको परिसूचकमा सबैभन्दा बढी वृद्धि भएको छ । यो उपसमूहको सूचक ३.७८ प्रतिशतले बढेर ३ हजार ६ सय ९६.६८ अंकमा पुगेको छ । अन्य उपसमूहको उपसूचक ३.२३ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूह २.६१ प्रतिशत र वाणिज्य बैंक उपसमूह २.३२ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।

बिमा र लघुवित्त समूहमा भने तुलनात्मक रूपमा कम वृद्धि देखिएको छ । निर्जीवन बिमा उपसमूहको सूचक सबैभन्दा कम ०.१८ प्रतिशतले बढेको छ । लघुवित्त ०.९७ प्रतिशत र जीवन बीमा उपसमूह १.०६ प्रतिशतले बढेका छन् । यी तीनै समूहको वृद्धि समग्र बजारको तुलनामा कम हो ।

बाढीपहिरोका कारण परेको ठूलो बिमा दाबीले निर्जीवन बिमा कम्पनीहरूको वित्तीय विवरण प्रभावित हुने र यस वर्ष लाभांश वितरण गर्ने सम्भावना कमजोर हुने अपेक्षाले लगानीकर्ताको मनोबल प्रभावित भएको छ ।

त्यस्तै, लघुवित्त कम्पनीहरूमा निष्क्रिय कर्जा बढ्दै जाँदा वित्तीय अवस्था कमजोर बनेको छ । यसले गर्दा अधिकांश लघुवित्त कम्पनीले यस वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ । समूहगत कारोबारले लगानीकर्ताको चासोमा पनि भिन्नता देखाएको छ ।

सेयर मूल्य वृद्धिमा जलविद्युत् कम्पनी अगाडि रहे पनि कारोबार रकम र कित्ताका आधारमा वाणिज्य बैंकमा उल्लेख्य गतिविधि देखिएको छ । यसले ठूला र सहजै किनबेच गर्न सकिने कम्पनीप्रति लगानीकर्ताको चासो कायम रहेको देखाउँछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा छ । कम्पनीको ४३ लाख ९१ हजार कित्ता सेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । ग्रीन भेन्चर्सको एक अर्ब एक करोड रुपैयाँ र शिवम् सिमेन्ट्सको ९३ करोड ५७ लाख रुपैयााको सेयर कारोबार भएको जनाइएको छ ।

कारोबार भएका सेयर कित्ताका आधारमा वाणिज्य बैंकहरू पनि अगाडि छन् । कुमारी बैंकको २९ लाख ३३ हजार कित्ता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २४ लाख ७९ हजार कित्ता, लक्ष्मी सनराइज बैंकको २१ लाख ४३ हजार कित्ता र ग्लोबल आइएमई बैंकको १८ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ।

सातामा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा बेनी हाइड्रोपावर प्रोजेक्ट रहेको छ । यसको सेयर मूल्य १०१.०५ प्रतिशतले बढेर ७०९ रुपैयाा ७० पैसा पुगेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य १४.५१ प्रतिशतले बढेर ३९३ रुपैयाँ ९० पैसा र लुम्बिनी विकास बैंकको १३.३१ प्रतिशतले बढेर ५ सय ५० रुपैयाँ पुगेको छ ।

यस अवधिमा सबैभन्दा बढी मूल्य घट्ने कम्पनी चिरख्वा हाइड्रोपावर हो । यसको सेयर मूल्य १५.१५ प्रतिशतले घटेर ४ सय ९३ रुपैयाँमा झरेको छ । युनिलिभर नेपालको सेयर मूल्य ३.९१ प्रतिशतले घटेर ४८ हजार एक रुपैयाँ र बोटलर्स नेपाल (बालाजु) को तीन प्रतिशतले घटेर १४ हजार १८६ रुपैयाँ २० पैसा कायम भएको छ ।

केही जलविद्युत् कम्पनीको सेयर मूल्यमा आएको तीव्र वृद्धि र साना कम्पनीमा भएको उल्लेख्य कारोबारले बजारमा सट्टेबाजी प्रवृत्ति पनि कायम रहेको संकेत गर्छ । यद्यपि, उच्च कारोबार परिमाणका आधारमा खरिदकर्ता संस्थागत लगानीकर्ता हुन् वा व्यक्तिगत लगानीकर्ता भन्ने स्पष्ट हुँदैन ।

बजार विश्लेषक मनीष अर्यालका अनुसार परिसूचक र कारोबार रकम दुवै बढ्नुले लगानीकर्ताको मनोबलमा सुधार आएको संकेत गर्छ। उनले दसैं र दसैं–तिहारबीचको अवधिमा कारोबार रकम बढ्नुमा संस्थागत लगानीकर्ताको बजार प्रवेश पनि एउटा कारण रहेको बताए ।

अर्यालका अनुसार यस्ता लगानीकर्ताले विशेषगरी वाणिज्य बैंक र छानिएका जलविद्युत् कम्पनीजस्ता आधारभूत अवस्था बलिया भएका कम्पनीको सेयर संकलन गरिरहेको देखिन्छ । ब्रोकरहरूले आक्रामक रूपमा उपलब्ध गराएको मार्जिन कर्जाले पनि बजार वृद्धिमा सघाएको उनको भनाइ छ ।

दसैंपछि बजारमा तरलता सहज हुने र पहिलो त्रैमासको वित्तीय नतिजा सकारात्मक आउने आशाका कारण बैंकिङ सेयरमा लगानीकर्ताको चासो फेरि जागेको छ । तर, कम्पनीहरूको वित्तीय अवस्था नसुध्रिए तापनि तरलता वृद्धि र बैंक ऋणका आधारमा मात्रै सेयर मूल्य बढेको पनि हुन सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Hamro Patro News
9h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Arthasansar
9h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2611