Trending
Prev Story
Next Story

दमकमा साहित्य, कला र संगीतको संगम

Ekantipur •
October 31, 2026 • 11:31 AM
1
1 reads 0 reactions

आइतबारसम्म चल्ने उत्सवमा कला प्रदर्शनी, साहित्यिक विमर्श, कार्यशाला, संगीत प्रस्तुति तथा सम्मान समारोह समेटिएका छन् ।

दमकमा साहित्य, कला र संगीतको संगम

आइतबारसम्म चल्ने उत्सवमा कला प्रदर्शनी, साहित्यिक विमर्श, कार्यशाला, संगीत प्रस्तुति तथा सम्मान समारोह समेटिएका छन् ।

दमक — कला, साहित्य र संगीतको प्रवर्धन गर्ने उद्देश्यले झापाको दमकमा चारदिने सांस्कृतिक उत्सव आयोजना गरिएको छ । नाता फाउन्डेसनको आयोजनामा बिहीबारदेखि आइतबारसम्म सञ्चालन हुने उत्सवमा कला प्रदर्शनी, साहित्यिक विमर्श, कार्यशाला, संगीत प्रस्तुति तथा सम्मान समारोह समेटिएका छन् ।

उत्सवको दोस्रो दिन शुक्रबार आयोजित दमक साहित्य महोत्सवमा साहित्य, सिर्जना, युवा उद्यमशीलता र स्थानीय कला–संस्कृतिका विविध पक्षमाथि विमर्श गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको प्रमुख आतिथ्यतामा भएको महोत्सवमा कवि, लेखक, कलाकार, संगीतकर्मी तथा साहित्यप्रेमीको सहभागिता थियो ।

‘सिर्जनामा युवा’ शीर्षकको सत्रमा जितेन साम्पाङ, दिव्या दाहाल, मानाङ लावती र सुमन लिङदेनले युवाको सिर्जनशीलता र साहित्यिक यात्राबारे अनुभव साटे। ‘आख्यानमा के छ ?’ शीर्षकको प्यानलमा आख्यानकार श्याम सिंघक, दीपा दाहाल र घनश्याम पथिकले आख्यानका विविध आयाममाथि बहस गरे ।

त्यस्तै, युवा उद्यमीहरूको सिर्जनात्मकता र उद्यमशीलताका विषयमा आयोजित सत्रमा एजाज शेख, प्रकाश तामाङ, पुजन चौधरी, रोनाहाङ राई र सिजन दाहालले आफ्ना अनुभव र विचार साटासाट गरे । ‘माटोको सुगन्ध’ शीर्षकको छलफलमा मुनाराज शेर्मा, सुमिक्रा चेली र धर्मेन्द्र विक्रम नेम्वाङसंग साङ्सेन पान्धाकले स्थानीय माटो, पहिचान र सिर्जनाका विविध पक्षमा संवाद गरे ।

‘दमकले सिर्जना मार्‍यो कि मर्‍यो ?’ शीर्षकको अर्को प्यानलमा राम थापा, प्रकाश बुढाथोकी, गोपाल भण्डारी र शिव रेग्मीले दमकको साहित्यिक तथा सिर्जनात्मक वातावरणबारे बहस गरे । स्थानीय कला, साहित्य र सिर्जनाको अवस्था, सम्भावना तथा चुनौतीमाथि केन्द्रित छलफलले महोत्सवलाई थप विमर्शमुखी बनाएको थियो ।

महोत्सवमा कवितावाचन पनि आकर्षणका रूपमा रह्यो ।  दिल भुटानी, विराट किराती, लता खरेल, तिलक राई, वैरागी घिमिरे, देश वनेम, टंक विकल्प, केशव आचार्य, भूमि दाहाल, दुर्गामणि मिश्र, मनु योङहाङ, निहाङ किराती, अभागी थेगुवा, गगन योक्पाङ्देन, नमुना निरौला, एनबी दाहाल, रेखा सापकोटा, रमेशचन्द्र अधिकारी, चन्द्र साम्पाहाम्फे र प्रदीप योङहाङलगायतका कविले आफ्ना सिर्जना पस्किए । कुलपति नगरकोटीले पनि ‘यादहरु’ शीर्षकको कविता सुनाए ।

कवितासँगै सारंगीमा श्याम गन्धर्व र बाासुरीमा गणेश लाम्साङले धुन भरे । कृष्ण कश्यप, टीका खड्का, आचार्य प्रभा, पवन गौतम, भुपेन्द्रराज तिम्सिना, दिलीप घिमिरे, विवश बलिभद्र कोइराला र याम थुलुङ, महेन्द्र विरहीलगायतले गजल प्रस्तुत गरे ।

साहित्यिक विमर्श र सिर्जना प्रस्तुतिसंगै चित्रकला प्रदर्शनी तथा सांगीतिक प्रस्तुतिले महोत्सवमा रौनक थपेको थियो ।

आयोजक आयोजक तथा अग्रज कवि प्रकाश बुढाथोकीका अनुसार उत्सवमा कला प्रदर्शनी, कार्यशाला संगै संगीत महोत्सव तथा सम्मान समारोह आयोजना गरिएको छ । चार दिनसम्म चल्ने उत्सवले दमकमा कला, साहित्य र संगीतको साझा मञ्च निर्माण गरेको वुढाथोकीले जनाए ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरिदिएका छन्।

#कला #साहित्य
Compare →
Hamro Patro News
1w ago
बालेनविरुद्ध निकालिएको भनिएको जुलुस दमकको नभएर धरानको

बालेनविरुद्ध निकालिएको भनिएको जुलुस दमकको नभएर धरानको

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै झापाको दमकमा मसाल जुलुस निकालिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिएको भिडियो भ्रामक रहेको पाइएको छ। सामाजिक सञ्जाल...

#दमक
Compare →
Onlinekhabar
5d ago
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको …

#कला
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611