Trending
Prev Story
Next Story

प्रशिक्षक : महिलालाई फुटबल प्रशिक्षक बन्ने तालिम प्रदान

Ekantipur •
October 31, 2026 • 09:01 AM
1
1 reads 0 reactions

फुटबलकाे माध्यम बनाएर महिलालाई फुटबल प्रशिक्षक बन्न, नेतृत्व सीप विकास गर्न र आफ्ना समुदायमा सक्रिय बनाउन प्रशिक्षण दिइएकाे थियाे ।

प्रशिक्षक : महिलालाई फुटबल प्रशिक्षक बन्ने तालिम प्रदान

फुटबलकाे माध्यम बनाएर महिलालाई फुटबल प्रशिक्षक बन्न, नेतृत्व सीप विकास गर्न र आफ्ना समुदायमा सक्रिय बनाउन प्रशिक्षण दिइएकाे थियाे ।

काठमाडौँ — दी वी युनाइटेड प्रोजेक्ट न्यूजिल्यान्ड दूतावाससँगको साझेदारीमा दी वी कोच परियोजना सुरु गरेको छ ।

यो परियोजनाले फुटबलकाे माध्यम बनाएर युवा महिलालाई फुटबल प्रशिक्षक बन्न, नेतृत्व सीप विकास गर्न र आफ्ना समुदायमा सक्रिय सहभागी बन्न सहयोग गरिने जनाइएको छ ।

ललितपुरमा ९ देखि १३ कात्तिकदेखि पाँच दिने आवासीय सिविर भएको थियो । ललितपुर र तनहुँका नौ युवा महिलालाई फुटबल प्रशिक्षक बन्ने तालिम दिइएको आयोजकले जनाएको छ । सिविरमा फुटबल सीप, नेतृत्व विकास, प्राथमिक उपचार, फिजियोथेरापी र महिनावारी स्वास्थ्य  व्यवस्थापन सम्बन्धी सत्रहरू सञ्चालन भएको थियो ।

आगामी आठ महिनामा तालिमप्राप्त प्रशिक्षकहरूले आफ्ना समुदायका विद्यालयहरूमा बालिका फुटबल टिम गठन गर्नेछन् । त्यसमा ९० भन्दा बढी युवा महिलाको प्रत्यक्ष सहभागिता हुने आयोजकको अपेक्षा छ ।

राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान तथा महिला राष्ट्रिय यू-१९ टोलीकी प्रशिक्षक अनु लामाले प्राविधिक सत्र सञ्चालन गरेकी थिइन् । उनले वार्मअप किन महत्वपूर्ण हुन्छ, पासिङ, रिसिभिङ, सुटिङ जस्ता विभिन्न प्राविधिक पक्षमा जानकारी गराइन् । उनले विभिन्न प्रकारका अभ्यासहरु र सवैभन्दा महत्वपूर्ण उमेर समूहअनुसार कसरी खेल्ने, कसरी सिकाउने र प्रशिक्षण दिने भन्ने कुरामा प्रशिक्षण दिइन् ।

यल फिजीकोरकी विज्ञ कृतिका शाक्यले प्राथमिक उपचार, आपतकालिन् स्थिति सम्हाल्ने तरिका र फिजियोथेरापीबारे कार्यशाला सञ्चालन गरिन् ।

आठ महिनामा तयार टिमबीच फुटबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।का नौ युवा महिलालाई फुटबल प्रशिक्षक बन्ने तालिम दिइएको आयोजकले जनाएको छ । सिविरमा फुटबल सीप, नेतृत्व विकास, प्राथमिक उपचार, फिजियोथेरापी र महिनाबारी स्वास्थ्य  व्यवस्थापन सम्बन्धी सत्रहरू सञ्चालन भएको थियो । आठ महिनामा तयार टिमबीच फुटबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
3d ago
१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई...

#प्रशिक्षक
Compare →
Hamro Patro News
1w ago
पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन

पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन

२० कात्तिक, काठमाडौं । पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० गोलले पराज...

#फुटबल
Compare →

Related Stories

Sports
Build #2612