इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक बन्न अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनो तयार देखिएका छन् । अमेरिकी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकसमेत रहेका पोचेटिनोले युनाइटेडबाट औपचारिक प्रस्ताव आए स्वीकार गर्ने संकेत दिएका छन् ।
बीबीसी स्पोर्टका अनुसार युनाइटेडले वर्तमान प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गर्ने तयारी गर्दै पोचेटिनोसँग सम्भावित नियुक्तिबारे छलफल अघि बढाएको छ । क्यारिकको भविष्यबारे आगामी ४८ घण्टाभित्र निर्णय हुने अपेक्षा गरिएको छ ।
Read full story at source ( ratopati.com )